default_image

4 years ago

January 2, 2020

आयोजक त्रिवेणी र सामना सेमिफाइनलमा

लमजुङ(हाम्रो खेलकुद)- आयोजक त्रिवेणी युथ क्लब (हरियो) र सामना युथ क्लब तुरतुरे तनहुँ लमजुङमा जारी जिल्लाको सर्वाधिक धनराशिको २८औं संस्करणको त्रिवेणी कप खुल्ला राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि बुधबार श्री भगवती युथ क्लब टोखा काठमाडौं र समाज कल्याण काठमाडौंले अन्तिम चारको यात्रा […]

28 views

0 Bookmark

लमजुङ(हाम्रो खेलकुद)- आयोजक त्रिवेणी युथ क्लब (हरियो) र सामना युथ क्लब तुरतुरे तनहुँ लमजुङमा जारी जिल्लाको सर्वाधिक धनराशिको २८औं संस्करणको त्रिवेणी कप खुल्ला राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि बुधबार श्री भगवती युथ क्लब टोखा काठमाडौं र समाज कल्याण काठमाडौंले अन्तिम चारको यात्रा तय गरेको थियो । सदरमुकाम बेशिसहरस्थित सहजी खेल मैदानमा बिहीबार भएको खेलमा आयोजक त्रिवेणीले दोर्दी गाउँपालिका लमजुङमाथि २–० को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको हो ।

सोमबार भएको दोस्रो क्वाटरफाइनलमा सामना युथ क्लबले लमजुङ मस्र्याङ्दी युथ क्लबलाई सडनडेथमा ७–६ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा सामनाले बाजी मारेको हो ।

अब शुक्रबार त्रिवेणी र समाज कल्याण काठमाडौं र श्री भगवती युथ क्लब काठमाडौं र सामनाबीच सेमिफाइनल खेल हुनेछ । १२ पुसबाट शुरु भएको राष्ट्रव्यापी प्रतियोगितामा देशभरका २० क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुनेले १ लाख ५० हजार रुपैया हात पार्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ५० हजार पाउनेछन् । सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीले जनही १५–१५ हजार हात पार्नेछन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.