default_image

4 years ago

January 3, 2020

१९ वर्षीय मिडफिल्डर कुलुसेभ्स्की युभेन्टसमा आबद्ध

एजेन्सी – स्विडेनका १९ वर्षीय मिडफिल्डर डेजान कुलुसेभ्स्कीलाई इटालियन च्याम्पियन युभेन्टसले ३५ मिलियन युरो तिरेर पार्माबाट अनुबन्ध गरेको छ । एटलान्टाबाट यसै सिजन लोनमा पार्मा पुगेका उनले प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । मिडफिल्डमा खेल्नका बाबजुद पनि उनले लिगमा ४ गोल गरिसकेका छन् । कुलुसेभ्स्कीले गतवर्ष मात्र स्विडेनको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । […]

41 views

0 Bookmark

एजेन्सी – स्विडेनका १९ वर्षीय मिडफिल्डर डेजान कुलुसेभ्स्कीलाई इटालियन च्याम्पियन युभेन्टसले ३५ मिलियन युरो तिरेर पार्माबाट अनुबन्ध गरेको छ ।

एटलान्टाबाट यसै सिजन लोनमा पार्मा पुगेका उनले प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । मिडफिल्डमा खेल्नका बाबजुद पनि उनले लिगमा ४ गोल गरिसकेका छन् । कुलुसेभ्स्कीले गतवर्ष मात्र स्विडेनको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

युभेन्टसले जनवरी ट्रान्सफर विन्डोमा दुई खेलाडीलाई बिदाइ गरिसकेको छ । गोलरक्षक माटिया पेरिन लोनमा जेनोआ पुगेका छन् भने फरवार्ड मारिओ मान्जुकिचले पनि क्लब छाडिसकेका छन् । प्रशिक्षक माउरिजियो सार्रीले कुलुसेभ्स्कीलाई भने अर्को सिजनको सुरुवातमा मात्र प्रयोग गर्न पाउनेछन् । उनले यस सिजन पार्माबाट नै खेल्नेछन् ।

यसपटक इटालियन सिरी ए मा इन्टर मिलान र युभेन्टसबीच लिग उपाधिका लागि निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । युभेन्टसले नर्वेली फरवार्ड एर्लीङ हालान्डलाई अनुबन्ध गर्न खोजेपनि सफल हुन सकेको थिएन । यसपटक भने कुलुसेभ्स्कीलाई सिजन अगावै अनुबन्ध गरेर अर्को सिजनका लागि युभेन्टस ढुक्क भएको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.