default_image

4 years ago

January 4, 2020

ओल्मो भित्र्याउने बार्सिलोनाको प्रयास

43 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस विंगर ड्यानी ओल्मोलाई अनुबन्धन गर्न क्रोएसियाको डिनामो जाग्रेबसँग औपचारिक प्रस्ताव अगाडि सारेको छ ।

सन् २०१४ सम्म बार्सिलोनाको ला मासियामा नै रहेका ओल्मो १७ वर्षको उमेरमा जाग्रेब गएका थिए । त्यसयता उनले क्रोएसियाकै क्लबमा रहेर आफ्नो करीअर अगाडि बढाए । उनले त्यसबीचमा स्पेनको उमेर समूहको टोलीबाट पनि लगातार खेलिरहे । गतवर्ष युरो यू-२१ च्याम्पियनसिपको फाइनलमा ओल्मोले जर्मनीविरुद्ध विजयी गोल गरेका थिए ।

ओल्मोले जारि सिजनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनको च्याम्पियन्स लिगको प्रदर्शनबाट प्रभावित भएर नै उनले स्पेनको सिनियर टोलीबाट डेब्यु गर्ने अवसर पाएका थिए । उनले माल्टाविरुद्ध डेब्यु खेलमा नै गोल गर्दै उत्कृष्ट सुरुवात पनि पाए ।

जाग्रेबले बार्सिलोनाबाट कम्तिमा ४० मिलियन युरोको अपेक्षा राखेको छ । ओल्मो आफैं पनि आफ्नो करिअर अगाडी बढाउन बार्सिलोना आउन चाहन्छन् । ‘ म खुसी छु कि बार्सिलोनाले मलाई अनुबन्ध गर्न चाहेको छ । मैले त्यहाँ रहेर ६ वर्ष ला मासियामा प्रशिक्षण गरें,’ उनले थपे, ‘ मलाई थाहा छैन म अहिले जान्छु वा सिजन सकिएपछि जान्छु । तर मेरो विचारमा यो समय जाग्रेब छोडेर बार्सिलोना जानु उचित छ ।’

ओल्मोले जनवरीमै बार्सिलोना जान पाएको अवस्थामा युरो २०२० खेल्ने सम्भावना बलियो हुने आशा व्यक्त गरेका छन् । ‘मेरो लक्ष्य अब स्पेनबाट युरो खेल्नु हो । जाग्रेबमै रहेर मेरो त्यो लक्ष्य पूरा हुन कठिन देख्छु । मेरो करिअर अगाडी बढ्न पनि बार्सिलोना जान उचित हुनेछ,’ ओल्मोले भने ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.