6 years ago
January 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लब र न्यू रोड टिम (एनआरटि) बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

दशरथ रंगशालामा सोमबार भएको खेलकाे आठाैं मिनेटमा रुप बहादुर लामाकाे क्रसमा एनआरटीका गाेलरक्षक र डिफेन्सबिच तालमेल नमिल्दाकाे हेडरलाई बियक बियकले टप कर्नरमा हेड गर्दै बचाए । १५अाैं मिनेटमा जावलाखेलका ड्याडी जुनियर वाम्बाले बक्सभित्र राम्राे माैका पाएपनि सदुपयोग गर्न सकेनन् ।
२६अाैं मिनेटमा सुजित बुढाथाेकीकाे फ्रिकिकमा एडमा डाेम्वियाकाे हेडर पाेस्टबाट थाेरै बाहिरिदा जावलाखेल अग्रता लिनबाट चुक्याे । ३०अाैं मिनेटमा रुप बहादुर लामाकाे प्रहारलाई गाेलरक्षक अजित प्रजापतिले मुस्किलले नियन्त्रणमा लिए । पहिलाे हाफकाे ईन्ज्युरी समयकाे थप गरिएकाे फाेफानाकाे हेडर पासमा कुबेर बिष्टकाे प्रहार आकासियाे ।

दोस्रो हाफको ७३ अौं मिनेटमा प्रकाश बुढाथोकीले ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारलाई जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले डाइभ दिँदै बचाए । ८२ अौं मिनेटमा एनआरटिका राजेश परियारले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले टिकेन्द्रलाई समस्या दिन सकेन ।
यस नतिजासँगै जावलाखेलको ५ खेलमा २ जित र ३ बराबरीले ९ अंक भएको छ । एनआरटि भने ५ खेलमा २ जित, १ बराबर र २ हारसहित ५ अंकमा छ । गत सिजन पुछारमा रहेको कारण एनआरटिको २ अंक घटाइएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]