6 years ago
January 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) –कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको खेलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबको खेल २-२ को बराबरीमा सकिएको छ ।

खेलको दोस्रो मिनेटमा नै मनाङले अग्रता लिएको थियो। अन्जन विष्टको क्रसमा आडेवुमी फेमीको हेडरलाई गोलरक्षक विशाल श्रेष्ठले बचाउन सकेनन् । २१ औं मिनेटमा रञ्जित धिमालको क्रसमा आडेलाजा सोमिडेले सिक्स यार्ड बक्सभित्र गरेको हेडर थोरैले बाहिरियो ।
लगातार दवाव बनाएको मछिन्द्रले ३१ औं मिनेटमा बराबरी गर्ने सुवर्ण अवसर गुमायो । विशाल राईको फ्रिकिकमा पिटर सेगुनको प्रहारले पोस्टको दिशा लिन सकेन । ३५ औं मिनेटमा सुजल श्रेष्ठको लामो प्रहारलाई मनाङका गोलरक्षक दीप कार्कीले सहजै बचाए ।

अभिषेक रिजालले ३८ औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले दीपलाई समस्या दिन सकेन । लगत्तै रञ्जितको फ्रिकिक प्रहार फितलो रह्यो । ४२ औं मिनेटमा रञ्जितकै क्रसमा अभिषेकको हेडरले पोस्टको दिशा लिन सकेन ।
४६अाैं मिनेटमा सुजल श्रेष्ठले गाेल गर्दै खेललाई १-१ गाेलकाे बराबरीमा ल्याए । सुजलकाे प्रहार पहिलाे बारमा लाग्दै गाेलमा परिणत भएकाे थियाे ।
७१अाैं मिनेटमा विशाल राईकाे फ्रिकिक प्रहारलाई गाेलरक्षक दिप कार्कीले पञ्च गर्दै बचाए । ८१अाैं मिनेटमा एडिलाजा साेमिडेले गाेल गर्दै मछिन्द्रलाई २-१ काे अग्रता दिलाए । उनकाे प्रहारलाई गाेलरक्षकले राेक्ने कुनै माैका नै पाएनन् ।

८८अाैं मिनेटमा विमल रानाले गाेल गर्दै खेललाई २-२ गाेलकाे बराबरीमा ल्याए । जगजित श्रेष्ठकाे क्रसमा गाेलरक्षक विशाल श्रेष्ठले पञ्च गरेपनि रिवाउन्डमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका विमलले ६ यार्ड बक्सभित्रबाट गरेकाे प्रहार गमेलमा परिणत भएकाे थियाे ।
खेलपछि दुवै तर्फका खेलाडीहरु एकआपसमा आक्रमक हुँदा तनावको स्थिति सिर्जना भएको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]