6 years ago
January 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लिगको उपाधि दावेदार र हाल लिगका दुई शीर्ष टोलीबीचको खेल रोमान्चक हुने अपेक्षा थियो । र रेफ्रीले फाइनल व्हिसल बजाउँदासम्म त्यहि भयो पनि । तर फाइनल व्हिसल बजेलगत्तै रेफ्रीसँग मैदानको बीच भागमा गएर एकआपास हात मिलाउनु पर्ने दुई टोलीका खेलाडी हात हालाहालमा नै उत्रिए ।

दुवै टोलीले अग्रता लिएर पनि २-२ मा सकिएको खेलको रोमान्च एकाएक तनावको स्थितिमा पुग्यो । मैदान वरपर रहेका सुरक्षामा तैनाथ गार्ड नै मैदान प्रवेश गरे । दुवै क्लबका बेन्चका खेलाडी र अफिसियल पनि मैदानको बीचमा पुगे । केहि अफिसियलले खेलाडीलाई छुट्याउन थाले त केहिले उक्साउने नै प्रयास गरेको देखिन्थ्यो । राष्ट्रिय टोलीबाट खेलिसकेका मनाङका जगजित श्रेष्ठले मछिन्द्रका फरवार्ड दीपक राईमाथि दुर्व्यवहार गरेपछि सुरु भएको झगडाले उग्र रुप लियो ।
जगजितले पुन: दीपकमाथि हात उठाएपछि उनीमाथि जंगीन खोजेका दीपकलाई सहकर्मी साथीले रोके । तर त्यसबेला नै बेन्चबाट आएका वैकल्पिक खेलाडीले स्थिति बिगारे । समूह समूहमा बाँडिएर खेलाडी एकआपसमा छुट्टयाउन लागे । केहि अफिसियल पनि मैदान छिरे र सुरक्षा गार्डको संख्या कम भयो । मैदानबाहिर सुरक्षार्थ खटिएका प्रहरी पनि साथ दिन मैदान पसे ।

यसक्रममा रेफ्रीले मनाङका वैकल्पिक खेलाडी अशोक बराललाई रातो कार्ड देखाए । भिडियो हेर्दा उनले मनाङका देवेन्द्र तामाङमाथि मुक्का हानेको देखिन्छ । त्यसैकारण पनि देवेन्द्रलाई रोक्न मछिन्द्रका अफिसियल र प्रहरीलाई हम्मे हम्मे परेको थियो । रेफ्रीले थप कार्ड त देखाएनन् तर एन्फाले भिडियो अध्ययन गरेर दोषी खेलाडीलाई कारवाही भने गर्नेछ ।
खेलपछि बोल्दै मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले मनाङका खेलाडीले हातपात गरेपछि आफ्नो टोलीका खेलाडीले झगडा छुट्टयाउन मात्र गएको बताए । ‘ खेलाडीको अनुशासनहिन कार्यले त्यो स्थिति सिर्जना भयो । दुई खेलाडीबीच के भयो त्यो उनीहरुलाई थाहा होला तर त्यसपछि निकै राम्रो स्थिति थियो,’ प्रवेशले भने, ‘ हाम्रो खेलाडी केहि तनाव भएपछि छुट्याउन खोजेका थिए । रेफ्रीले विपक्षी खेलाडीलाई कार्ड नै पनि देखाए नि ।’

यता मनाङका नेपाली प्रशिक्षक धनेश्वर प्रजापति भने मैदानमा के भएको आफूलाई थाहा नभएको भन्दै पन्छिन खोजे । ‘म बेन्चमा नै रहेको थिएँ, मेरो अगाडी मान्छेको भिड थियो । मैले केहि पनि देखि,’ उनले भने । आफ्नो खेलाडीले गल्ति गरेको खण्डमा क्लबले जिम्मवारी लिन्छ? भन्ने प्रश्नमा भने उनी कड्किए, ‘ खेलाडीले गरेको गल्तीमा क्लबले जिम्मेवारी लिँदैन,’ उनले भने ।
मनाङका अर्का प्रशिक्षक नाइजेरियाका तोपे फुजाले भने हाम्रोखेलकुदसँग बोल्दै खेलाडीको व्यवहारप्रति खेद प्रकट गरे । ‘मैले भिडियो हेर्न भ्याएको छैन, तर जुन खेलाडीले गरेपनि खेलको लागि यो राम्रो भएन । हाम्रो खेलाडी होस् विपक्षी खेलाडी होस्, निकै दुखद घटना हो,’ उनले भने । खेलको नतिजामा भने फुजाले मछिन्द्र राम्रो टोली भएकाले १ अंकबाट खुसी नै रहेको बताए ।

यता मिडफिल्डर जगजित श्रेष्ठ खेलको सुरुवातमा टोलीसँग वार्मअप नगरेको फुजाले स्वीकार गरे । आफूले प्लेइङ ११ मा नराखेपछि उनले वार्मअप नै छाडेर मैदानबाहिर गएको बताए । तर मनाङकै नेपाली प्रशिक्षक प्रजापतिले भने जगजित चोटका कारण वार्म नगरेको भन्दै ढाकछोप गर्न खोजे । फुजाले भने आफ्नो योजना अनुसार खेल्न नचाहे आफूले नखेलाउने भनेपनि क्लबका पदाधिकारीले पछि बेन्चमा ल्याएपछि दोस्रो हाफमा खेलाएको बताए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]