default_image

5 years ago

January 7, 2020

हिमालयन शेर्पा र फ्रेन्ड्स अझै जित विहिन

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयेरवेज सहिद स्मारक ए डिभजिन लिगमा आफ्नो पाँचौ खेल सकिदा पनि यति हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले जित निकाल्न सकेका छैनन्।

 

दशरथ रंगशालामा मंगलबार भएको लिगको एक मात्र खेलमा शेर्पा र फ्रेन्ड्सले गोलरहित बराबरी खेले । दुवै टोलीले पाएका केहि अवसर उपयोग गर्न नसक्दा अंक बाड्नु परेको हो ।

आफ्नो ५ खेलमा ३ बराबरी र २ खेलमा हार बेहोरेको शेर्पाको खातामा ३ अंक छ र टोली १२ औं स्थानमा छ । उत्तिनै खेलमा २ बराबरी खेलेको फ्रेन्ड्सले ३ खेलमा हार बेहोरेको छ ।

१४ टोलीको सहभागिता रहेको लिगमा फ्रेन्ड्स अंकतालिकाको १३ औं स्थानमा रहेको छ । पुछारमा रहेको सरस्वती युवा क्लब अहिले सम्म अंक विहिन छ ।

अपराजित रहेको मनाङ मस्र्याङ्दी ११ अंकसहित शीर्षस्थानमा र १० अंकसहित मछिन्द्र क्लब दोस्रो स्थानमा रहेका छन् । लिगमा बुधबार दुई खेल हुनेछन् ।

दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १२ बजे ब्रिगेड ब्वाइज क्लब र रुस्लान थ्री स्टार क्लबबीच हुनेछ । दिउँसो ३ः०० बजे हुने खेलमा च्यासल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

December 15, 2024

रियल म्याड्रिड रोकियो

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ ।‌ बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

Success

Thank you for your time.