9 years ago
July 2, 2016
लिल (एजेन्सी)
आज बिहानै भएको युरो अन्तर्गतको क्वार्टर फाइनलको खेलमा बेल्जियमलाई वेल्सले ३-१ले पराजित गरेको छ । यो नतिजा पश्चात अब वेल्सले सेमी फाईनलमा पोर्चुगलको सामना गर्ने छ ।
समुह चरणको अन्तिम दुई खेल र राउन्ड अफ १६मा उत्कृष्ट प्रदर्शन गरेको बेल्जियमले जित्ने धेरैले अनुमान गरेपनी गलत साबित भएको छ । उच्च लक्ष्य सहित मैदानमा उत्रीएको बेल्जियमले खेलको १३औं मिनटमा राजडा नाङ्गोलनले गोल गरेपछी आग्रता लिएको थियो तर त्यो खुशी अर्को १७ मिनटमै टोडियो, वेल्सका लागि डिफेन्डर विलियम्सले गोल गर्दै बराबरी गरेका थिए ।
पहिलो हाल्फ १-१मा अन्त्य भएपछी दोस्रो हाल्फमा वेल्सले निकैनै राम्रो खेल प्रदर्शन गरेको थियो । खेलको ५५औँ मिनटमा गोल गर्दै कानुले वेल्सलाई आग्रता दिलाए । वेल्सका लागि तेस्रो गोल साम भोक्सले गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]