default_image

4 years ago

January 11, 2020

बार्सिलोनाका पुर्व स्टार गोमेज प्रशिक्षणमा फर्किए

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पुर्व सेन्टर मिडफिल्डर तथा इंग्लिस क्लब एभर्टनका पोर्चुगिज आन्द्रे गोमेज प्रशिक्षणमा फर्किएका छन् । उनले शुक्रबारदेखि व्यक्तिगत रुपमा सामान्य प्रशिक्षण थालेको र अर्काे साताबाट पुर्ण रुपमा टिमसँगै प्रशिक्षण थाल्ने क्लबले उल्लेख गरेको छ । गत नोभेम्वरमा प्रिमियर लिग दौरान टोटेनहम हस्टपरका ह्युङ मिन सनको गम्भीर ट्याकलमा परेपछि गोमेजको दायाँ खुट्टाको […]

18 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पुर्व सेन्टर मिडफिल्डर तथा इंग्लिस क्लब एभर्टनका पोर्चुगिज आन्द्रे गोमेज प्रशिक्षणमा फर्किएका छन् । उनले शुक्रबारदेखि व्यक्तिगत रुपमा सामान्य प्रशिक्षण थालेको र अर्काे साताबाट पुर्ण रुपमा टिमसँगै प्रशिक्षण थाल्ने क्लबले उल्लेख गरेको छ ।

गत नोभेम्वरमा प्रिमियर लिग दौरान टोटेनहम हस्टपरका ह्युङ मिन सनको गम्भीर ट्याकलमा परेपछि गोमेजको दायाँ खुट्टाको एंकल नै भाँचिएको थियो । खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

लगत्तै उनलाई अस्पताल पु¥याइएको थियो । उनको एन्ट्री अस्पतालमा सफल शल्यक्रिया भएको थियो । शल्यक्रियापछि निरन्तर उपचारमा रहनुका साथै क्लबको मेडिकल स्टाफको सल्लाहमा युएसएम फिन्च फार्ममा रिह्याव गरेका थिए ।

एभर्टनका प्रशिक्षक कार्लाे एन्सेलोटीले २६ वर्षे गोमेजको राम्रो रिकभरी भइरहेको बताएका छन् । ‘यो हाम्रो लागि राम्रो समाचार हो । उनको राम्रो रिकभरी भइरहेको छ । उनले व्यक्तिगत रुपमा प्रशिक्षण शुरु गरिरहेका छन् । उनले अर्काे सातादेखि टिमसँगै प्रशिक्षण गर्न सक्नेछन् ।’ प्रशिक्षक एन्सेलोटीले भने, ‘उनले आफ्नो स्वास्थ्यमा राम्रो गर्दैछ । यो द्रुत गतिमा भइरहेको छ । त्यसैले हामील गोमेजलाई टिममा छिट्टै नै देख्न सक्नेछौं । उनी एक उत्कृष्ट खेलाडी हुन् ।’

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.