6 years ago
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– सानमिगेल मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार प्रभु बैंक जावलाखेल क्लबलाई १–० ले पराजित गरेको छ ।
जितसँगै १३ अंक बटुलेको मछिन्द्र कम्तीमा केही समयका लागि शीर्ष स्थानमा उक्लिएको छ ।
दशरथ रंगशालामा विशाल राईको गोलबाट मछिन्द्रले ३१ औं मिनेटमा खेलमा अग्रता लिएको हो । त्यहि गोल खेलको निर्णायक बन्यो । टोलीले थप गोलको अवसर पाए पनि सफल भने भए । १५ औं मिनेटमा मछिन्द्रका रन्जित धिमालको फ्रिकिक बाहिरियो ।
४० औं मिनेटमा रेजिन सुब्बाको प्रहार पोष्ट नजिकबाट बाहिरियो । ४३ औं रेजिनले गरेको गोललाई रेफ्रीले अफसाइड लिए । जावलाखेलका लागि २४ औं मिनेटमा हरि कठायतको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोके ।
५०अौं मिनेटमा जावलाखेलले बराबरीकाे सुन्दर माैका खेर फाल्यो । फोडे फोफानाको अोभरहेड किक पाेस्टबाट थाेरै बाहिरियाे ।
८३अौं मिनेटमा कुबेर विष्टले बराबरीको सुन्दर माैका खेर फालेका थिए । उनले बक्सभित्र माैका पाएपनि गाेलरक्षक विशालले नियन्त्रणमा लिए । ८८अौं मिनेटमा अभिषेक रिजालको कर्नरमा सुजल श्रेष्ठको हेडर पाेस्ट नजिकबाट बाहिरिदा मछिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो ।
दोस्रो हाफमा जावलाखेलले मछिन्द्रलाई पुर्ण रुपमा दबाबमा राखेपनि गाेल गर्न असमर्थ बन्दा लिगमा पहिलाे हार भोग्न बाध्य बन्यो ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]