6 years ago
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा पुनरागमन गर्ने मौका गुमाएको छ । १० खेलाडीमा सिमित मनाङले शनिबार यति हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेपछि अग्रस्थानमा पुग्ने अवसर गुमाएको छ ।
बराबरी १२ अंक भएपनि त्रिभुवन आर्मी क्लबलाई हेड टु हेडमा पछि पार्दै मनाङ दोस्रो स्थानमा उक्लेको छ । शनिबार नै पहिलो खेलमा खेलमा सानमिगेल मछिन्द्र क्लबले प्रभु बैंक जावलाखेल क्लबलाई १–० ले हराउँदै मछिन्द्र अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ६ खेलमा मछिन्द्रको १३ अंक पुगेको छ । विशाल राईको गोलमा मछिन्द्रले जित निकालेको थियो ।
पहिलो हाफमा मनाङले गोल गर्ने अवसर पाएर पनि सदुपयोग गर्न सकने । २५ औं मिनेटमा विमल रानाले मैदानमा बायाँबाट चलाखीपूर्ण क्रस गर्दा फेमि जोसुवाको वान टच प्रहारलाई शेर्पाका कप्तान मानबहादुर तामााङले क्लियर गरे । फेमिले विपक्षी गोलकिपर विट भैसकेको अवस्थामा प्रहार गर्न पनि सफल हुन सकेनन् । शेर्पाले भने मनाङको पोष्टमा खासै आकमर्ण गर्न सकेन ।
५०औं मिनेटमा शेर्पाले गोल गर्ने सुन्दर मौका गुमायो ।त्रिदेव गुरुङको क्रसमा अलरिच सिवेको हेडर गोलरक्षक दिप कार्कीले टप कर्नरमा सहजै बचाए । ५६ औं मिनेटमा विनोद गुरुङको प्रहार मनाङका गोलरक्षक दिपले मुस्किलले बचाए । ७० औंं मिनेटमा मनाङका अन्जन बिष्टको पासमा सुशील लामाको प्रहार गोलरक्षक किशोर गिरीले बचाए । लगत्तै रिवाउन्डमा लुइस भिडालको प्रहारलाई पनि विफल पारिदिए ।
लगत्तै लुइसकै प्रहारलाई गोलरक्षक किशोरले बचाए । ७३ औं मिनेटमा मनाङ १० खेलाडीमा समेटियो । स्टेफेन समिर लाई फल गरेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले सुरज विकलाई सिधै रातो कार्ड देखाएपछि मनाङ १० खेलाडीमा सिमित भएको थियो । त्यसमै प्राप्त फ्रिकिक आकासियो ।
८२ औं मिनेटमा विमलको प्रहार गोलरक्षक किशोर जोगाए । ८७ औं मिनेटमा शेर्पाका सुरज हमालको प्रहार फितलो बन्यो । इन्ज्युरी समयकाे थप गरिएकाे पहिलाे मिनेटमा विमल वान भर्सेस वानमा चुक्दा मनाङले अग्रता लिनबाट चुक्याे । लगत्तै शेर्पाका सुरज हमालले गाेल गर्न सकेनन् । शेर्पाको ६ खेलमा ४ अंक पुगेको छ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]