default_image

6 years ago

January 13, 2020

एनआरटीसँग पुलिसको हार

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)–राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको न्यूरोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा सोमबार लिगको पूर्व विजेता नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध पार्दै एनआरटीले महत्वपूर्ण जित हासिल गरेको हो ।

दर्शन गुरुङको गोल निर्णायक बन्दा एनआरटीले ३ अंक जोडेको हो । दर्शनले ७६ औं मिनेटमा गोल गरेका थिए । राजेश परियारको पासमा दर्शनले पेनाल्टी बक्सको मध्यभागबाट गोल गरेका थिए ।  ६ खेलमा एनआरटीको यो तेस्रो जित हो । २ खेलमा हार बेहोरेको एनआरटीले १ खेलमा बराबरी गरेको थियो ।

टोलीको खातामा १० अंक पुगेपछि गत सिजन लिगको पुछारमा रहेका कारण टोलीको यो सिजनमा २ अंक घटाइएको छ । एनआरटीको ८ अंक छ भने पुलिसले यसअघि नै ८ अंक जोडेको थियो । जितपछि एनआरटी छैटौं स्थानमा उक्लेको छ भने पुलिस छैटौंबाट सातौं स्थानमा झरेको छ ।

पुलिसले भने छैटौं खेलमा आइपुग्दा दोस्रो हारको सामना गर्नुपरेको छ । यसअघि टोली रुस्लान थ्री स्टार क्लबसँग पराजित भएको थियो । लिगमा आजै हुने अर्को खेलमा च्यासल युथ क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.