default_image

4 years ago

January 14, 2020

जसलाई उमेरले छेकेन !

एजेन्सी – जापानिज फुटबल खेलाडी काजु मिउराका नाममा थुप्रै कीर्तिमान छन् । अझै केहि कीर्तिमान उनका नाममा थपिने सम्भावना छ । तर, उनले खेल छाडेका छैनन् । उनले योकोहामा एफसीसँग अर्को एक वर्षका लागि सम्झौता गरेका छन् । नयाँ सम्झौताको अर्थ अब उनले सोही क्लबमा रहँदा आफ्नो ५३ जन्म दिन मनाउनेछन् । फब्रुअरी २६ मा […]

65 views

0 Bookmark

एजेन्सी – जापानिज फुटबल खेलाडी काजु मिउराका नाममा थुप्रै कीर्तिमान छन् । अझै केहि कीर्तिमान उनका नाममा थपिने सम्भावना छ । तर, उनले खेल छाडेका छैनन् । उनले योकोहामा एफसीसँग अर्को एक वर्षका लागि सम्झौता गरेका छन् ।

नयाँ सम्झौताको अर्थ अब उनले सोही क्लबमा रहँदा आफ्नो ५३ जन्म दिन मनाउनेछन् । फब्रुअरी २६ मा उनी ५३ औं वर्षमा प्रवेश गर्नेछन् । ‘मैले यसका लागि हरेक दिन मेहनत गरेको छु । मेरो लागि यो गर्वको विषय हो,’ मिउराले भने,‘ म फुटबलमा रमाउन चाहन्छु । टोलीको जितका लागि आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्नेछु ।’

गत सिजन भने उनले टोलीका लागि उल्लेख योगदान गर्न सकेनन् । ५ खेलमा २ सय ३३ मिनेट मैदानमा बिताएका उनले गोल गर्न सकेनन् । त्यसका बावजुद टोली जापनिज फुटबलको माथिल्लो श्रेणीमा पुग्न सफल भएको छ । यसको अर्थ मिउरा अब जे लिगमा खेल्नेछन् । सन् २००७ पछि उनी पहिलो पटक शीर्ष डिभिजनमा खेल्नेछन् ।

पछिल्लो पटक उनले ४० को उमेरमा जे लिग खेलेका थिए । सन् १९९० देखि एक दशक जापानको राष्ट्रिय फुटबल टोलीबाट खेलेका मिउरा देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा दोस्रो स्थानमा छन् । उनले ८९ खेलमा ५५ गोल गरेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.