काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा मनाङ मर्स्याङ्दीविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
खेलकाे पाँचाै मिनेटमा मनाङका बिमल रानाकाे प्रहार गाेलरक्षक प्रिसाेले सहजै बचाए । १७अाैं मिनेटमा सन्जाेक राईकाे हेडर पाेस्टबाट थाेरै बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्याे ।
१९अाैं मिनेटमा डेब्यु गरिरहेका भारतीय खेलाडी लालरम्मावियाले फ्रिकिकमा सिधै गाेल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । पुजन उपरकाेटीले ह्यान्ड गरेपछि बक्सबाहिर प्राप्त फ्रिकिकमा लालरम्मावियाले सुन्दर गाेल गर्न सफल भएका थिए ।
३१अाैं मिनेटमा अन्जन विष्टकाे फ्रिकिकलाई गाेलरक्षक प्रिसाेले उत्कृष्ट बचाउ गरे । ३९अाैं मिनेटमा लालरम्मावियाकाे पासमा शिव सुवेदीकाे प्रहार पाेस्टबाट थाेरै बाहिरिदा थ्री स्टारले अग्रता दाेब्बर पार्ने अवसर खेर फाल्याे ।
लगत्तै ४०अाैं मिनेटमा कनाङका विमल रानाकाे प्रहार आकासियाे । इन्ज्युरी समयको पहिलो मिनेटमा अन्जनको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । तेस्रो मिनेटमा लालरम्मावियाको हेडरलाई गोलरक्षक दीपले बचाउँदै स्कोर १-० नै कायम राखे ।