default_image

4 years ago

January 19, 2020

डर्टमुन्ड डेब्युमा हालान्डको २३ मिनेटमै ह्याट्रिक

एजेन्सी – नर्वेली फरवार्ड एर्लीङ हालान्डले जर्मन क्लब बोरुसिया डर्टमुन्डका लागि आफ्नो डेब्यु खेलमा नै ह्याट्रिक प्रहार गर्दै जित दिलाएका छन् । खेलमा बोरुसिया अग्स्बर्गसँग ३-१ ले पछाडी परेको अवस्थामा मैदान छिरेका हालान्डले २३ मिनेटमा ह्याट्रिक पूरा गरे । खेलमा डर्टमुन्ड ५-३ ले विजयी रहयो । गत महिना १७.१ मिलियन पाउण्डमा साल्जबर्ग छाडेर जर्मनी आएका […]

58 views

0 Bookmark

एजेन्सी – नर्वेली फरवार्ड एर्लीङ हालान्डले जर्मन क्लब बोरुसिया डर्टमुन्डका लागि आफ्नो डेब्यु खेलमा नै ह्याट्रिक प्रहार गर्दै जित दिलाएका छन् । खेलमा बोरुसिया अग्स्बर्गसँग ३-१ ले पछाडी परेको अवस्थामा मैदान छिरेका हालान्डले २३ मिनेटमा ह्याट्रिक पूरा गरे । खेलमा डर्टमुन्ड ५-३ ले विजयी रहयो ।

गत महिना १७.१ मिलियन पाउण्डमा साल्जबर्ग छाडेर जर्मनी आएका हालान्डले डर्टमन्डमा उत्कृष्ट सुरुवात गर्ने क्रममा मैदान प्रवेश गरेको तेस्रो मिनेटमा नै गोल गरे । उनी खेलको ५६ औं मिनेटमा डिफेन्डर लुकास पिस्जेकको स्थानमा मैदान छिरेका थिए । उनी मैदान प्रवेश गर्दा अग्सबर्गले खेलमा ३-१ को अग्रता लिएको थियो ।

फ्लोरियन नाइडरलेक्नरले पहिलो हाफको २४ औं मिनेटमा रुबेन भार्गासको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको पहिलो मिनेटमा मार्को रिक्टरले अग्रता दोब्बर पारे । जुलियन ब्रान्टले थोर्गन हाजार्डको पासमा गोल गर्दै स्कोर २-१ को स्थितिमा ल्याएपनि फ्लोरियनले पुन: गोल गरे । उनले ५५ औं मिनेटमा फिलिप म्याक्सको पासमा गोल गर्दै ३-१ को अग्रता दिलाए ।

डर्टमुन्डले खेलमा दुई गोलले पछि परेसँगै हालान्डलाई मैदान छिराएपछि उनले तीन मिनेटमा नै जेडन सान्चोको पासमा गोल गरे । लगत्तै दुई मिनेटपछि सान्चोले म्याट्स हमल्सको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए । ७० औं मिनेटमा हाजार्डको पासमा गोल गर्दै हालान्डले पाहुना टोली डर्टमुन्डलाई अग्रता दिलाए ।

हालान्डले ७९ औं मिनेटमा कप्तान मार्को रिउसको पासलाई सदुपयोग गर्दै आफ्नो ह यात्रीक समेत पूरा गरे । जारी सिजनमा यो उनको छैटौं ह्याट्रिक हो । उनले त्यसअघि साल्जबर्गका लागि २२ खेलमा २८ गोल प्रहार गरेका थिए । त्यसक्रममा उनले ५ ह्याट्रिक समेत पूरा गरिसकेका थिए । च्याम्पियन्स लिगमा उनले ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचिमा दोस्रो स्थानमा छन् ।

युरोपका शीर्ष क्लबले अनुबन्ध गर्न चाहेको अवस्थामा डर्टमुन्ड रोजेका हालान्डले क्लबमा खेल्न निकै सहज रहेको बताए । ‘मलाई एकदम सहज महसुस भइरहेको छ । यसको कारण म आफैंलाई थाहा छैन । म एक राम्रो क्लबमा आएको छु जहाँ खेलाडी र अन्य व्यक्ति निकै राम्रा छन् । मेरो लक्ष्य यहाँ आएर गोल गर्नु थियो र सुरुवात एकदम उत्कृष्ट भएको छ,’ उनले भने ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.