default_image

4 years ago

January 19, 2020

चेल्सीको हार, टोटेनहम रोकियो

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा न्यु क्यासलसँग पराजित हुदा टोटेनहम हस्टपर बराबरीमा रोकिएको छ । चेल्सी न्यु क्यासलसँग उसकै मैदानमा १–० ले पराजित भएको हो । अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सीले हार बेहोरेको हो । निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको प्रयास गरेपनि गोल गर्न दुवै टोलीले चुकिरहेको थियो । खेल […]

25 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा न्यु क्यासलसँग पराजित हुदा टोटेनहम हस्टपर बराबरीमा रोकिएको छ । चेल्सी न्यु क्यासलसँग उसकै मैदानमा १–० ले पराजित भएको हो । अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सीले हार बेहोरेको हो ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको प्रयास गरेपनि गोल गर्न दुवै टोलीले चुकिरहेको थियो । खेल भर नै चेल्सीले घरेलु टोलीलाई दवावमा राखेपनि इन्ज्युरी समयमा गोल खादै पराजित हुन पुग्यो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा इसाक हेडेनले गोल गर्दै चेल्सीलाई स्तब्ध पारे ।

हारपछि चेल्सी २३ खेलबाट ३९ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । न्यु क्यास २९ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ ।
यता, टोटेनहम वाटफोर्डसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु टोलीका ट्रोय डेनी पेनाल्टी चुक्दा टोटेनहम हारबाट जोगियो । वाटफोर्डसँग बराबरी खेल्दै टोटेनहमले लिगमा अपराजित यात्रालाई ७ खेलमा पुर्‍याएको छ ।

पहिलो हाफमा वाटफोर्डका गोलरक्षक बेन फोस्टरले टोटेनहमका नथानियल चालबा र लुकास मौराको प्रहार जोगाएका थिए ।
बराबरी नतिजासँगै टोटेनहमले २३ खेलबाट ३१ अंक जोडेको छ । वाटफोर्ड २३ अंक जोड्दै रेलिगेशन जोन भन्दा मात्र दुई स्थानमा माथि छ ।

अन्य नतिजा

आर्सनलविरुद्ध सेफिल्ड (१–१)

ब्राइटनविरुद्ध एस्टन भिल्ला (१–१)

नर्विचविरुद्ध बर्नमाउथ (–०)

साउथह्याम्पटनविरुद्ध वल्भ्स (२–)

वेस्टह्यामविरुद्ध एभर्टन (१–१)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.