9 years ago
July 6, 2016
फ्रान्समा जारि युरो २०१६को सेमिफाइनल चरणसम्म पुग्दा थुप्रै नयाँ खेलाडीले आफ्नो कौशल देखाउने मौका पाए, यिनैमध्ये हाम्रोखेलकुदले पाँच युवा स्टारहरु छानेको छ जसले युरोबाट आफ्नो स्टारको परिचय दिएका छन्।
५. अर्काडीउस्ज मिलिक (पोल्याण्ड)
रोबर्ट लेवान्डोस्की पोल्याण्डका लागि चल्न नसकेको अवस्थामा उत्कृष्ट प्रदर्शन गर्दै मिलिकले युरोपमा आफ्नो परिचय दिए। मिलिकले प्रतियोगिता अवधिभर एक गोल र एक असिस्ट दिदैं आफ्नो गत सिजन क्लबको फर्मलाई जारि राखे। प्रतियोगिताबाट पेनाल्टीमा पोर्चुगलसंग क्वार्टरफाइनलमा हारेको पोल्याण्डका लागि मिलिक एक आशालाग्दो युवा प्रतिभाको रुपमा उत्रेका छन्। गत सिजन लोंमा बिताएका उनका लागि युरोपका ठुला क्लबले तछाडमछाड गरिरहेको बुझिएको छ।
४. एरिक डाएर (इङ्गल्याण्ड)
इङ्गल्याण्डका लागि यस युरो प्रतियोगिता खासै राम्रो भएन। आइसल्याण्ड जस्तो सानो देशसंग क्वार्टरफाइनलमा पराजित हुनाले पनि प्रशिक्षक रोय हज्सनले राजिनामा दिनु पर्यो। नतिजा नराम्रो भएपनि उसका केहि युवा खेलाडीले भने राम्रै प्रदर्शन गरे। गत सिजन मात्र टोटन्हमबाट मिडफिल्ड खेल्न थालेका युवा खेलाडी डाएरले राम्रो प्रभाव पारे। उनको खेल देखेर जर्मनीको च्याम्पिएन बायर्न म्युनिख पनि उनलाई अनुबन्धन गर्ने खोजेको खबर आएको थियो।
३. किङ्गस्ले कोमन (फ्रान्स)
कलिलो उमेरमै दिन देशको लिग जित्न सफल भइसकेका कोमन युरोपले भबिष्यमा आशा गरेका खेलाडीमध्य एक हुन्। पछिल्लो सिजन बायर्न म्युनिखबाट व्यावसयिक फुटबल खेलेका उनि युभेन्टसबाट लोनमा जर्मनी पुगेका हुन्। विङ्गस्मा खेल्न मन पराउने कोमन निकै छरितो छन् र डिफेन्डरहरुलाई उनलाई रोक्न हम्मेहम्मे परेको छ। युवा अवस्थामै निकै उत्कृष्ट खेल खेल्ने उनको भविष्य उज्ज्वल रहेको छ।
२. जोशुवा किम्मिच (जर्मनी)
युरो कपमा तिन खेल खेलेका जोशुवा किम्मिचले जर्मन टोलीमा आफ्नो स्थान मजबुत बनाइसकेका छन्। सुरुवातमा टोलीमा नअटाएपनि पछिल्लो खेलमा भने किम्मिचको राम्रो प्रदर्शनले आफ्नो स्थान पक्का परेका हुन्। डिफेन्स र मिडफिल्डको हरेक भागमा उत्तिकै खेल्न सक्ने उनले राष्ट्रिय टोलीमा भने राइट डीफेन्सको भूमिका निर्वाह गर्दै आएका छन्। २२ बर्षीय किम्मिच जर्मन च्याम्पिएन टोलि बायर्न म्युनिखबाट खेल्छन।
१. रेनाटो स्यान्चेस (पोर्चुगल)
प्रतियोगिता सुरु हुनु अगावै बायर्न म्युनिखले पैंतीस मिलियन पाउण्ड तिरेर स्यान्चेसलाई किनेपछि उनको चर्चा सर्वत्र थियो। जारि प्रतियोगितामा पोर्चुगलका लागि एक गोल गरिसकेका उनले पोल्याण्डविरुद्ध पेनाल्टीमा जित्दा पनि गोल गरेका थिए। कप्तान रोनाल्डोले पनि उनले भबिष्यमा निकै प्रगति गर्ने बताएका छन्। जारि प्रतियोगितामा उत्कृष्ट खेलाडीमध्य एक स्यान्चेस उत्कृष्ट युवा खेलाडी बन्ने सम्भावना बलियो छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]