default_image

4 years ago

January 22, 2020

पहिलो हाफमा पुलिस र मछिन्द्र गोलरहित

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणको पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच भिड्दैछन् । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।

खेलको छैटौं मिनेटमा नै मछिन्द्रले गोल गर्ने अवसर गुमाएको थियो । रजिन धिमालको पासमा पेनाल्टी क्षेत्रभित्र रहेका मछिन्द्रका खेलाडीले बललाई पोस्टको दिशा दिन सकेनन् । १३ औं मिनेटमा पुलिसका लागि सौजन राईको फ्रिकिक प्रहार गोलरक्षक विशाल श्रेष्ठले विफल पारे ।

२८ औं मिनेटमा अभिषेक रिजालको हेडरले पोस्टको दिशा लिन सकेन । ४१ औं मिनेटमा पुलिसका सौजन राईको प्रहार फितलो रहँदा पुलिस अग्रता लिनबाट चुक्यो । इन्ज्युरी समयको पहिलो मिनेटमा मछिन्द्रले बललाई पोस्टको दिशा दिएपनि रेफ्रीले अफसाइड देखाए । रञ्जित धिमालको फ्रिकिकमा पिटर सेगुनले गोल गरेपनि रेफ्रीले उक्त मुभलाई मान्यता दिएनन् ।

यस खेलमा जित हासिल गरे मछिन्द्र शीर्षस्थानको आर्मीसँग अंक बराबरी गर्न सफल हुनेछ । जित हासिल नगरेमा भने मछिन्द्रको उपाधि लक्ष्यमा ठूलो धक्का पुग्नेछ ।

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

May 6, 2024

महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपमा दोस्रो भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । बैंकले सोमबार महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो । बैंकले टोलीलाई रात्री भोज पनि दिएको थियो । सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ […]

Success

Thank you for your time.