default_image

9 years ago

July 7, 2016

रोनाल्डोको पोर्चुगल युरोपियन च्याम्प्यिनसिपको फाइनलमा

134 views

0 Bookmark

लियोन(एजेन्सी) क्रिस्टियानो रोनाल्डो र गेराथ बेलमा को उत्कृष्ट हुने भन्ने अनुमानमा रोनाल्डोले बाजी मारेका छन् । रोनाल्डोको उच्च प्रदर्शनबाट प्रेरित पोर्चुगल आज बिहान बेलको वेल्सलाई २-० ले हराउँदै युरोपियन च्याम्प्यिनसिपको फाइनल पुगेको छ । रोनाल्डो र नानीले गोल गरेपछि सन् १९५८ पछि पहिलो पटक ठूलो प्रतियोगिता खेलिरहेको वेल्सको यात्रा टुंगिएको छ ।

गोल गरेपछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ।

गोल गरेपछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ।

पोर्चुगलले अब फाइनलमा विश्व च्याम्पियन जर्मनी र फ्रान्समध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । जर्मनी र फ्रान्सबीच आज भोली बिहान १२ः४५ मा दोस्रो सेमिफाइनल हुँदैछ ।
पहिलो हाफमा दुवै टोलीले कमै जोखिम उठाएको खेलको दोस्रो हाफमा तीन मिनेटको फरकमा पोर्चुगलले दुई गोल गरेको थियो । हंगेरीलाई बाहेक हरेक खेलमा गोलका लागि निकै तड्पेका रोनाल्डोले ५० औं मिनेट हेडमार्फत गोल गरेका थिए । राफेल गुरिरोको क्रसमा उनले हेड गोल गरेका हुन् । त्यसको तीन मिनेटपछि नानीले रोनाल्डोको प्रहारलाई पोष्टको दिशा दिएका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.