default_image

4 years ago

January 25, 2020

ग्रासरुट फुटबल प्रशिक्षण सुरु

काठमाडौं (हाम्रो खेलकुद)– फुटबल मिसन टुगेदरको आयोजना बुढानिलकण्ठ ग्रासरुट फुटबल काउन्सिलको सहकार्यमा काठमाडौं उपत्यकाको उत्तरी भेगका विद्यालयको सहभागितामा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको शनिबार औपचारिक सुरुवात भएको छ । बुठानिलकण्ठ स्कुलमा प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उत्तरी भेगका १५ विद्यालयका झन्डै ४ सय छात्रा छात्राको उपस्थिति थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालको मुख्य आतिथ्यतामा […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फुटबल मिसन टुगेदरको आयोजना बुढानिलकण्ठ ग्रासरुट फुटबल काउन्सिलको सहकार्यमा काठमाडौं उपत्यकाको उत्तरी भेगका विद्यालयको सहभागितामा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको शनिबार औपचारिक सुरुवात भएको छ ।

बुठानिलकण्ठ स्कुलमा प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उत्तरी भेगका १५ विद्यालयका झन्डै ४ सय छात्रा छात्राको उपस्थिति थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालको मुख्य आतिथ्यतामा उद्घाटन भएको थियो ।

प्रशिक्षण कार्यक्रमका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)कोले ६० वटा बल, २ सय २१ थान बिब्स, ८० मार्कर र ८० वटा कोन प्रदान गरेको एन्फा उपाध्यक्ष एवंम् ग्रासरुटका संयोजक उपेन्द्रमान सिंहले जानकारी दिए ।

ती १५ विद्यालयका विद्यार्थीलाई प्रत्येक शनिबार फुटबलको प्रशिक्षण दिइने बताएको छ । छात्र छात्रालाई राष्ट्रिय टोलीका पूर्व कप्तान, खेलाडीहरुले पनि समय समयमा प्रशिक्षण दिइने तयारी रहेको बताइएको छ । उद्घाटनमा राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङ, पूर्व राष्ट्रिय खेलाडी रमेश बुढाथोकीलगायतले छात्र छात्रालाई प्रशिक्षण दिएका थिए ।

राखेप सदस्य सचिव सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, फुटबल मिसन टुगेदरका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले सहभागी विद्यालयलाई फुटबलगायतका सामग्री हस्तान्तरण गरेका थिए । एन्फा उपाध्यक्ष सिंहले ग्रासरुट फुटबल विकासका लागि फुटबल मिसन टुगेदरसँगै सहकार्य गर्दै जाने विषयमा छलफल अघि बढेको बताए ।

मिसन टुगेदरका पदाधिकारी र सदस्यमार्फत फुटबल विकासको सहकार्य सहज हुने विश्वास व्यक्त गर्दै सिंहले भने, ‘उहाँहरु अधिकांश फुटबल पृष्ठभूमीको हुनुहुन्छ । एक दिनको वर्कसप चलाएर कसरी काम गर्न सकिन्छ भन्ने विषयमा हामी छलफल गर्ने तयारीमा छौं । त्यसले अन्ततः नेपाली फुटबललाई नै फाइदा गर्छ । ‘

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.