default_image

10 years ago

September 2, 2015

भरतपुर गोल्डकपको उपाधि योङस्टारलाई

204 views

0 Bookmark

सर्वाधिक धनराशीको प्रथम सीएमसी भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि योङस्टार कावासोतीले जितेको छ । वीरेन्द्र बहुमुखी क्याम्पस खेल मैदानमा वुधबार सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा बसन्तपुर युनाइटेड माडीविरुद्ध जित हात पार्दै योङस्टारले १ लाख ११ हजार १ सय ११ रुपैयासहितको उपाधि जितेको हो । दोस्रो भएको माडीले ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाएको छ ।

उपाधी बिजेता योङस्टार टोली ट्रफी सँग

उपाधी बिजेता योङस्टार टोली ट्रफी सँग

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि टाई–ब्रेकरमा योङस्टारले माडीलाई स्तब्ध पारेको हो । टाई–ब्रेकरमा योङस्टारले ५–४ को संघर्षपूर्ण जित निकालेको हो । योङस्टारका सबै खेलाडीले गोल गर्दा माडीका तर्फबाट अन्तिममा पेनाल्टी सुट हानेका सञ्जीव कार्कीले मिस गरे । दोस्रो भएको माडीले ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाएको छ ।

खेलको पहिलो हाफमा योङस्टारका स्टार विष्णु गुरुङले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । तर, खेलको दोस्रो हाफको मध्यतिर माडीका टंक लामाको क्रसमा योङस्टारका सेन्टर डिफेन्डर सरोज दाहालले आत्मघाती गोल छिराएपछि माडीले खेल बराबरी गर्‍यो । त्यसपछि पाएका कयौं अवसर गुमाउादा खेल बराबरीमा टुंगिएको थियो । प्रतियोगिता भर उत्कृष्ट खेल्दै ४ गोल गरेका योङस्टारका विष्णु गुरुङ उत्कृष्ट खेलाडी बने ।

त्यस्तै योङस्टारकै किपर छिरिङ तामाङले उत्कृष्ट गोलरक्षकको उपाधि जिते । ह्याट्रिकसागै प्रतियोगिता भर ४ गोल गरेका भरतपुर फुटबल क्लबका राकेश गुरुङले उच्च गोलकर्ताको उपाधि पाए । उनीहरु तीनैजनाले जनही ५ हजार पुरस्कार पाए ।

विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि चितवन मेडिकल कलेजका मेडिकल निर्देशक डा. दयाराम लम्साल, चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामा, आयोजक संयुक्त एम्बुलेन्स चालक संघ नेपालका अध्यक्ष नवराज लामिछाने लगायतले पुरस्कार वितरण गरेका थिए ।

नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा चितवन, नवलपरासी, रुपन्देही, हेटौंडा र पर्साका १२ टिम सहभागी थिए । सबै टिममा राष्ट्रियस्तरका क्लबबाट खेलेका खेलाडीहरु सहभागी थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.