default_image

9 years ago

July 8, 2016

राष्ट्रिय टोलीमा किन परेनन् बिमल, बिक्रम, हेमन, कमल र प्रकाश?

125 views

0 Bookmark

बंगलादेश विरुद्ध दुइ मैत्रीपूर्ण खेल खेल्नका लागि जापानिज प्रशिक्षक ग्योत्योकु कोजिले आज २१ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका छन्।

Injured Players for Bangladesh vs Nepal

राष्ट्रिय टोलीमा केहि महत्वपूर्ण खेलाडीको अनुपस्थितिले भने समर्थकहरुलाई अचम्मित तुल्याएको छ। हाम्रोखेलकुद डट कमले एन्फा नजिकको श्रोतसंग जानकारी लिँदा सबै खेलाडीहरु चोटग्रष्त भएकाले मैत्रीपूर्ण खेलमा अनुपस्थित भएको बुझिएको छ।

प्रकाश बुढाथोकी घुँडाको चोटले एक हप्ताएता प्रशिक्षणमा छैनन् भने हेमन गुरुङ कुर्कुच्चाको चोटले दुइ हप्तादेखि विश्राममा छन्।  बिक्रम लामालाई जन्डिसको लक्षण देखिएकोले डाक्टरको सल्लाह अनुसार आराममा छन्।  यस्तै कमल श्रेष्ठ पनि बिरामी भएका कारण प्रशिक्षण अवधीमा धेरै समय अनुपस्थित रहे।  बिमल घर्ति मगरलाई भने यो मैत्रीपुर्ण खेलको लागि आराम दिइएको छ।

यसअघी रोहित चन्द भने घुँडाको शल्यक्रियाका कारण छ महिना अझै आराममा रहने पक्का भइसकेको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.