6 years ago
January 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार जारी संकटा क्लबविरुद्ध खेलको पहिलो हाफमा २-० को अग्रता लिएको छ ।

खेलकाे सातौं मिनेटमा अन्जन विष्टकाे प्रहार डिफ्लेक्ट भएपनि निशान लिम्बुको प्रहारलाई संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाए । लगत्तै मासाउके इटिग्नेकाे क्रसलाई मनाङका गोलरक्षक दिप कार्कीले बचाए । १५अौं मिनेटमा कमल श्रेष्ठले मासाउकेलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा सुवास गुरुङको प्रहारलाई गाेलरक्षक दिप कार्कीले पञ्च गर्दै बचाए ।
२०अौं मिनेटमा बिमल रानाको प्रहारलाई गोलरक्षक बिनय श्रेष्ठले गल्ती गरेपनि बिष्णु सुनारले गोललाइन नजिकबाट क्लियर गरिदिदा मनाङ अग्रता लिनबाट चुक्यो । २२अौं मिनेटमा निशान लिम्बुको क्रसलाई गोलरक्षक बिनयले सहजै नियन्त्रणमा लिए । २६अौं मिनेटमा कर्ण बहादुर सुब्बाकाे प्रहारलाई गोलरक्षक दिपले बचाए ।
४२अौं मिनेटमा लुइस भिडालकाे क्रसमा अन्जन विष्टकाे प्रहारलाई अमित तामाङले आफ्नै पोस्टमा गोल गर्न पुग्दा मनाङले खेलमा अग्रता बनायोे । लगत्तै अन्जन विष्टले वान भर्सेस वानमा गोल गर्दै मनाङलाई पहिलो हाफमा २-० को अग्रता दिलाए । डिफेन्डर रोमन लिम्वुकाे गल्तीमा अन्जनले गोलरक्षकलई विट गर्दै गोल गर्न सफल भए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]