6 years ago
January 29, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर एवंम् कप्तान किरण चेम्जोङ सम्मिलित पन्जाब एफसीले भारतीय (आई) लिगमा बुधबार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा नेरोकालाई ३–२ ले हराउँदै पन्जाबले लिगमा चौथो जित हासिल गरेको छ ।
१० खेलमा ४ जित, ५ खेलमा बराबरी गरेको पन्जाबले एक खेल गुमाएको थियो । १ खेल कम खेलेको मोहन बगान २० अंकसहित शीर्षस्थानमा रहँदा १७ अंक जोडेको पन्जाब दोस्रो स्थानमा यथावत छ ।घरेलु मैदानमा पन्जाबका लागि डिपान्डा डिकाले ह्याट्रिक पुरा गरेको थिए ।
२–० ले पछि परेको खेल उल्टाउँदै पन्जाबले जित हासिल गरेको थियो । बरुणले चौथो मिनेटमा गोल गर्दै नेरोकालाई अग्रता दिलाएका थिए । २० औं मिनेटमा टेटी फिलिपले गोल गर्दै अन्तरलाई दोब्बर पारेपछि पन्जाब दबाबमा परेको थियो ।
तर, डिकाले २७ औं मिनेटमा गोल गर्दै गोलअन्तर घटाएका थिए । ४४ औं मिनेटमा डिकाले अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । अन्तिम मिनेटमा गोल गर्दै पन्जाबले महत्वपूर्ण जित हासिल गरेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]