default_image

5 years ago

January 29, 2020

संकटामाथि मनाङको सानदार जित

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार संकटा क्लबलाई ३-० ले पराजित गरेको छ । मनाङको जितमा अन्जन विष्ट र निशान लिम्बु गोल गरे भने एक गोल आत्मघाती भएको थियो । 

खेलकाे सातौं मिनेटमा अन्जनकाे प्रहार डिफ्लेक्ट भएपनि निशान लिम्बुको प्रहारलाई संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाए । लगत्तै मासाउके इटिग्नेकाे क्रसलाई मनाङका गोलरक्षक दिप कार्कीले बचाए । १५ औं मिनेटमा कमल श्रेष्ठले मासाउकेलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा सुवास गुरुङको प्रहारलाई गाेलरक्षक दिप कार्कीले पञ्च गर्दै बचाए ।

२०औं मिनेटमा विमल रानाको प्रहारलाई गोलरक्षक विनय श्रेष्ठले गल्ती गरेपनि बिष्णु सुनारले गोललाइन नजिकबाट क्लियर गरिदिदा मनाङ अग्रता लिनबाट चुक्यो । २२ औं मिनेटमा निशान को क्रसलाई गोलरक्षक विनयले सहजै नियन्त्रणमा लिए । २६ औं मिनेटमा कर्ण बहादुर सुब्बाकाे प्रहारलाई गोलरक्षक दिपले बचाए ।

४२ औं मिनेटमा लुइस भिडालकाे क्रसमा अन्जनकाे प्रहारलाई अमित तामाङले आफ्नै पोस्टमा गोल गर्न पुग्दा मनाङले खेलमा अग्रता बनायोे । लगत्तै अन्जनले वान भर्सेस वानमा गोल गर्दै मनाङलाई पहिलो हाफमा २-० को अग्रता दिलाए । डिफेन्डर रोमन लिम्बुकाे गल्तीमा अन्जनले गोलरक्षकलई विट गर्दै गोल गर्न सफल भए ।

५३ औं मिनेटमा फेमी जोसवाले विमलको पासमा गरेको सशक्त प्रहारलाई गोलरक्षक विनयले पञ्च गर्दै बचाए । त्यसमै बिमल रानाले गोल गरेपनि अफसाइड ठहरिए । ५६ औं मिनेटमा पेनाल्टी बक्सबाहिर प्राप्त फ्रिकिकलाई लक्ष्मण रुचालले सदुपयोग गर्न सकेन ।

५८ औं मिनेटमा लक्ष्मण रुचालको प्रहारलाई आदित्य चौधरीले हेडिङ गर्दै बचाए । ७३ औं मिनेटमा निशानले गोल गर्दै मनाङलाई खेलमा ३-० को अग्रता दिलाए । विमलकाे क्रसमा अमित तामाङले हेडिङ प्रयास गरेपनि नभेटेको बललाई निशानले नियन्त्रणमा लिदै गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएकाे थियाे ।

८७ औं मिनेटमा लक्ष्मणकाे कर्नरमा कर्ण बहादुर सुब्बाले हेडिङ प्रयास गरेपनि पोस्टबाट थोरै बाहिरियाे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका मनाङका मिडफिल्डर अन्जन  म्यान अफ द म्याच घोषित भए ।

यस जितसँगै मनाङ ९ खेलमा १९ अंक जोड्दै लिग तालिकाको शीर्ष ३ मा प्रवेश गरेको छ ‌। संकटा १२ अंकसहित आठौं स्थानमा छ ।

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

Success

Thank you for your time.