default_image

6 years ago

January 30, 2020

‘पर्सिजामा आफ्नोपन छ’ – रोहित

171 views

0 Bookmark

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द छैटौं सिजन इन्डोनेसियाको माथिल्लो श्रेणीको लिग खेल्ने तयारीमा छन् । खेल जीवनको लामो समय बिताएको पर्सिजा जकार्ताबाट अर्को दुई वर्ष खेल्ने सम्झौता नविकरण उनले बुधबार मात्रै गरेका छन् ।

एक दशक अघि घरेलु लिगमा डेब्यू गरेयता उनी अधिकांश समय विदेशी क्लबमा आबद्ध भएका छन् । मछिन्द्रबाट २०६६/०६७ को लिगमा डेब्यू गरेका रोहित अर्को सिजन भारतीय (आई) लिग टोली एचएलएलमा आबद्ध भएका थिए । त्यसको अर्को वर्ष उनको यात्रा इन्डोनेसियातिर मोडिएको थियो । सन् २०१५ मा मलेसियाली सुपर लिग टोलीमा आबद्ध भएरपनि सिजन अघि नै चोट लागेपछि उनी झन्डै एक वर्ष मैदान बाहिर रहे ।

२०१७ मा पुनः पर्सिजामा आबद्ध भएयता रोहितको खेल जीवनले नयाँ उचाई लिएको थियो । २०१८ मा उनी सम्मिलित टोली इन्डोनेसियाको लिग च्याम्पियन बन्यो । टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रोहित त्यति बेला सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । उनको त्यो प्रदर्शनलाई क्लबले बिर्सने कुरै भएन । गत सिजन पनि उनी त्यहि निरन्तर रहे । हरेक पटक उनको सम्झौता एक वर्षका लागि हुने गथ्र्यो ।

यसपटक भने सम्झौता दुई वर्षका लागि गरिएको छ । त्यसबाट पनि रोहित र उनको क्लबले एकअर्कालाई कत्ति महत्व दिएका छन् भन्ने प्रष्ट हुन्छ । झन्डै दुई दशक इन्डोनेसियाको फुटबलमा सक्रिय रहेका पामुङकासले बामबाङले गत सिजन खेल जीवनबाट सन्यास लिएका थिए । खेल जीवनको अधिकांश समय पर्सिजा बिताएका पामुङकास छाडेपछि पछि क्लबको सबै भन्दा पुराना खेलाडीमध्ये रोहित एक हुन् ।

दुवै पक्षले सम्झौता रकम वा पारिश्रमिक अहिले सम्म सार्वजनिक गरेका छैनन् । तर, पनि हरेक सिजन उनको पारिश्रमिकमा भने वृद्धि भइरहेको बताइएको छ । रोहितको पर्सिजा आफ्नो परिवार जत्तिकै मान्छन् र नेपालकै क्लबलाई जत्तिकै आफ्नोपन रहेको बताउँछन् ।

क्लबसँगको सम्झौता नविकरणमा रोहितले खुसी व्यक्त गरेका छन् । ‘क्लबको व्यवस्थापन र समर्थकहरुले एकदमै माया गर्छन । क्लबमा अहिले विदेशी खेलाडी मध्ये सबैभन्दा लामो समय खेल्ने अवसर पाउने म नै हो,’ उनले भने,‘ पर्सिजाको मलाई हाम्रो देशको क्लब जत्तिकै माया लाग्छ । इन्डोनेसियामा अरु क्लबबाट प्रस्ताव पनि आउँछन् । तर, मेरो लागि यहि क्लब सहि लाग्छ । ’

रोहित विश्व कप छनोटका लागि चैतमा स्वदेश फर्कनेछन् । नेपालले चैतमा विश्व कप छनोटका २ खेल खेल्नेछ । चैत १३ गते चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्ने नेपालले त्यसको ५ दिन पछि अष्ट्रेलियासँग खेल्नेछ । अहिले सम्म विश्व कप छनोटमा नेपालले ८ मध्ये ५ खेल खेलिसकेको छ ।

कुवेतसँग ७–० र अर्को खेलमा १–० ले हारेको नेपालले अष्ट्रेलियासँगको खेलमा ५–० र जोर्डनसँगको खेल ३–० ले गुमाएको थियो । नेपालले एकमात्र खेलमा चाइनिज ताइपेलाई २–० ले हराएका थियो । त्यो दुवै गोल अन्जन विष्टले गरेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.