default_image

6 years ago

January 29, 2020

यू १९ पूर्व कप्तान सुलभले बिबिसीबाट लिग खेल्ने

246 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– यू १९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्के जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेलमा खेल्ने भएका छन् । अष्ट्रेलिया बस्दै आएका सुलभ लिगकै लागि स्वदेश फर्केका बताइएको छ ।

sulav maskey

उनी यसपटक ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को जर्सीमा लिगमा उतर्ने तयारीमा छन् । बिबिसीका कप्तान अनिल गुरुङका अनुसार सोमबार स्वदेश आइपुगेका सुलभले बुधबार टोलीसँग प्रशिक्षण गरेका थिए । ‘सुलभको आगमनले टोलीको प्रदर्शनमा पक्कै सकारात्मक प्रभाव पर्नेछ ,’ अनिलले भने, ‘फिट पनि देखिन्छन् । अलिक अगाडिबाट ल्याउन सकेको भए यो भन्दा राम्रो नजिता निकाल्न सकिन्थ्यो । ‘

शीर्ष ६ भित्र पर्ने योजनाका साथ लिग सुरु गरेको भएपनि विदेशी खेलाडीको प्रदर्शन नभएका कारण अब लक्ष्य प्राप्ती कठिन देखिएको अनिलले बताए । नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबका पूर्व मिडफिल्डर सुलभ बिहीबार न्यू रोड टिम (एनआरटी) विरुद्ध उत्रने सम्भावना रहेको छ ।

सुलभ उनै खेलाडी हुन् जसको गोल गत वर्ष अष्ट्रेलियाको वर्षको उत्कृष्ट गोलको उपाधि जित्न सफल भएको थियो । अष्ट्रेलियन एफए कपको राउन्ड अफ ३२ अन्तर्गत हेलेकिन एट्लेटिकका लागि उनले गरेको गोल गोल एएफए कप २०१८ को उत्कृष्ट गोल चुनिएको थियो ।

८ खेलमा २ जित, २ बराबर र ४ खेलमा हार बेहोरेको बिबिसी ८ अंकसहित १० औं स्थानमा छ । अनिलका अनुसार सुलभले लिगका बाँकी ५ खेल नै खेल्नेछन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.