default_image

4 years ago

January 30, 2020

लिभरपुलको १९ अंकको स्पष्ट अग्रता

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा १९ अंकको स्पष्ट अग्रता बनाएको छ । बुधबार राति भएको खेलमा वेस्टह्याम युनाइटेडलाई २–० ले पराजित गर्दै शीर्षस्थानमा १९ अंकको स्पष्ट अग्रता लिन सफल भएको हो । यससँगै लिभरपुलले प्रिमियर लिगमा १४ खेल बाँकी रहँदा उपाधि यात्रालाई थप मजवुत बनाएको छ । लिभरपुलको २४ खेलबाट ७० […]

17 views

0 Bookmark

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा १९ अंकको स्पष्ट अग्रता बनाएको छ । बुधबार राति भएको खेलमा वेस्टह्याम युनाइटेडलाई २–० ले पराजित गर्दै शीर्षस्थानमा १९ अंकको स्पष्ट अग्रता लिन सफल भएको हो ।

यससँगै लिभरपुलले प्रिमियर लिगमा १४ खेल बाँकी रहँदा उपाधि यात्रालाई थप मजवुत बनाएको छ । लिभरपुलको २४ खेलबाट ७० अंक जोडेको छ । जसमा २३ जित र १ बराबरीको नतिजा छ । समान खेलबाटै दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ तथा तेस्रो स्थानको लेस्टर सिटीको ४८ अंक छ ।

वेस्टह्यामको मैदानमा लिभरपुलको जितमा मोहम्मद सलाह र एलेक्स अक्सलेड चेम्वरलेनले गोल गरे । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि ३५औं मिनेटमा पेनाल्टीको साहरा लिनु परेको थियो ।

रोवर्टाे फिर्मिनोको प्रहारलाई इसा डिओपले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टीको मौका पाएको थियो । जसलाई मोहम्मद सलाहले सदुपयोग गरे । ४९औं मिनेटमा घरेलु टोलीले बराबरीको अवसर खेर फाल्यो ।

डिक्लिन रिस र म्यानुयल लान्जिनीको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गरे । लगत्तै एन्ड्रिउ रोबर्टसनको क्रसलाई एंगेलो अग्बोनाले ब्लक गरेपनि फिर्मिनोको प्रहारलाई गोलरक्षक लुकास फावियान्स्कीले बचाए ।

५२औं मिनेटमा चेम्वरलेनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । काउन्टर एट्याकमा मोहम्मद सलाहको पासलाई गोलमा परिणत गरेका थिए । त्यसपछि पनि दुवै टोलीले गोलका अवसर पाएपनि सदुपयोग हुन नसक्दा लिभरपुल २–० ले विजयी हुन सफल भयो । हारपछि वेस्टह्याम २३ अंक जोडेर १७औं स्थानमा छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.