default_image

6 years ago

January 30, 2020

उत्तमको गोलमा च्यासल पराजित

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फरवार्ड उत्तम राईको गोलमा एनआईबीएल फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार च्यासल युवा क्लबलाई १-० ले पराजित गरेको छ ।

खेलको ८४ अौं मिनेटमा उत्तमले गरेको गोल निर्णायक सावित भयो । विश्व अधिकारीको फ्रिकिक गोलरक्षक एलन न्यौपानेले बचाएपनि रिबाउन्डमा अनमार्क रहेका उत्तमले सहजै गोल गरे ‌। त्यसको ३ मिनेटअघि रुमेश बर्तौलाको क्रसमा वाग्नर कार्मोको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा सन्तोष साहुखलले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको फ्रिकिक पोस्टमा लागेर फर्कियो । विजयी टोलीका उत्तम म्यान अफ द म्याच घोषित भए ।

यस जितसँगै फ्रेन्ड्सको ९ खेलमा ११ अंक जोड्दै नवौं स्थानमा पुगेको छ । च्यासल भने ९ खेलमा ९ अंक जोड्दै दशौं स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.