default_image

6 years ago

January 30, 2020

राजेशको दुई गोलमा एनआरटी विजयी

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वैकल्पिक फरवार्ड राजेश परियारको दुई गोलमा न्यू रोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई २-० ले पराजित गरेको छ ।

जितसँगै एनआरटीले अंक तालिकामा थ्री स्टारलाई उछिन्दै चौथो स्थानमा १ अंकको अग्रता लिएको छ । सातौं मिनेटमा बिबिसीका लागि डेब्यु गरिरहेका सुलभ मास्केको फ्रिकिक प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । १२ औं मिनेटमा रन्दीप पौडेलको क्रसमा कप्तान अनिल गुरुङको हेडरलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले बचाए ।

एनआरटीले ३२ औं मिनेटमा राजेशको गोलमा अग्रता लियो । दर्शन गुरुङको क्रसमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका राजेशको प्रहार डिफेन्डर पदम भट्टराईलाई लाग्दै गोलमा परिणत भएको थियो । पहिलो हाफको अन्त्यतिर श्याम बाबुको दोहोरो प्रहारलाई गोलरक्षक विशालले विफल पारे ।

दोस्रो हाफको सुरुवातमै एनआरटीले अग्रता दोब्बर पार्यो । ५२ औं मिनेटमा श्याम बाबुको पासमा राजेशले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक विशालले रोक्ने कुनै अवसर पाएनन् । एनआरटीका डिफेन्डरले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि बिबिसीले खेलमा फर्कने सुवर्ण अवसर पायो ‌। तर कप्तान अनिलको प्रहारलाई गोलरक्षक अजितले उत्कृष्ट डाइभ दिँदै बचाए ।

७५ औं मिनेटमा जोर्डन ओवानाको हेडरलाई गोलरक्षक विशालले विफल पारे । ७९ औं मिनेटमा सुुलभको प्रहारलाई अजितले बचाएपछि बिबिसीको खेलमा फर्कने सम्भावना पातलिएको थियो ।

यस जितसँगै एनआरटी ९ खेलमा १५ अंकसहित चौथो स्थानमा उक्लिएको छ । लिगमा ५ जित, २ बराबरी र २ हारको नतिजा ल्याएको एनआरटी गत सिजन पुछारमा रहेको कारण २ अंक घटाइएको छ । बिबिसी भने ८ अंक जोड्दै ११ औं स्थानमा कायम छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.