default_image

6 years ago

February 1, 2020

जब बार्सिलोनाले प्लेनमा उड्दै गर्दा अनुबन्ध नकार्‍यो ..

159 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले अप्रत्यासित रुपमा कंगोका फरवार्ड सेड्रिक बकम्बुको अनुबन्धलाई लत्याएको छ । बकम्बुलाई बार्सिलोनाले लोनमा अनुबन्ध गर्ने पक्का भएसँगै प्रशिक्षण क्याम्पमा दक्षिण कोरियामा रहेका उनी मेडिकल र सम्झौताका लागि स्पेन उडिसकेका थिए ।

तर, क्लबका स्पोर्टिङ डाइरेक्टर एरिक अबिडालले फोनमार्फत उनको सम्झौता रद्ध भएको बताए । जतिबेला उनी दक्षिण कोरियाबाट हङकङ ट्रान्जिट पुगेका थिए ।  २८ वर्षीय बकम्बु अहिले चिनियाँ लिग क्लब बेइजिङ गुओनबाट खेलिरहेका छन् । चीनमा कोरोना भाइरसको सक्रमण बढेपछि चिनिया लिग स्थगित गरिएको छ । सोही कारण बेइजिङले दक्षिण कोरियामा प्रशिक्षण गरिहेका छन् ।

बार्सिलोना चोटका कारण टोली बाहिर रहेका उरुग्वेका फरवार्ड लुइस सुआरेजको विकल्पको खोजीमा छ । सुआरेजेको विकल्पमा बकम्बु अनुबन्ध गर्न चिनिया क्लब बेइजिङ र बार्सिलोनाबीच उनको सम्झौताबारे सहमति भइसकेको थियो ।

मेडिकल सफल भएको भए विन्टर सिजनको डेडलाइन डे मा उनी बार्सिलोना पुग्ने थिए । किके सेटिनको टोली बार्सिलोनामा जान इच्छुक बकम्बु स्पोर्टिङ डाइरेक्टर एरिक अबिडालको फोनसँगै बार्सिलोना जाने सपना भताभुङ्ग हुन पुग्यो ।

बार्साले क्लब ब्रागाका २० वर्षे फरवार्ड फ्रान्सिस्को ट्राइन्कोलाई २६.१ मिलियन पाउन्डमा अनुबन्ध गरेपनि उनले अर्काे समरसम्म कुर्नुपर्न भएको छ । फ्रान्सिस्को २०२५ को सिजनसम्म बार्सिलोनामा हुनेछन् ।

बार्सिलोनामा अनुबन्ध हुन असफल भएसँगै बकम्बुले सामाजिक सन्जाल ट्वीटरमा ट्रान्सफर मार्केट र बार्सिलोनाको ट्वीटर ह्यान्डललाई मेन्सन गर्दै आफ्नो स्थानान्तरण परिवर्तन गर्न र जे भएपनि प्रक्रियामा विश्वास लाग्ने बताउदै सबै चीजको लागि भगवानलाई धन्यवाद दिन चहान्छौं भनेका छन् । उनले एन्टोइन ग्रिजमनलाई मेन्सन गर्दै कुनै समयमा सँगै खेल्न सक्ने बताएका छन् ।

सोयाक्सबाट व्यवसायिक खेल करियर शुरु गरेका बकम्बुले बर्सास्पर र त्यसपछि २०१५ देखि १८ सम्म स्पेनिस क्लब भिल्लारियालबाट खेलेको थिए । २०१८ पछि बकम्बु चिनिया क्लबमा पुगेका थिए । उनले यो सिजन बेइजिङका लागि २६ खेलमा १६ गोल गर्दै ७ असिस्ट दिएका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.