6 years ago
February 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा फरवार्ड संजोक राईले दोस्रो हाफमा ह्याट्रिक प्रहार गरेपछि रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सानदार जित हासिल गरेको छ ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले सरस्वती युवा क्लबलाई ४-० ले पराजित गर्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा थ्री स्टारले दुई खेलाडी परिवर्तन गरेपछि उत्कृष्ट प्रदर्शन गरेको थियो ।
खेलकाे १२अौं मिनेटमा सन्जाेक राईको पासमा लालरमावियाकाे प्रहारलाई गोलरक्षकले सहजै बचाए । लगत्तै हम्जातकाे प्रहार अाकासिदा थ्रीस्टार अग्रता लिनबाट चुक्यो । १७अौं मिनेटमा हम्जातकाे बक्सभित्रको प्रहार पोस्टबाट थोरै बाहिरियो । १८अौं मिनेटमा हम्जातले एक डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार खेर गयो । १९अौं मिनेटमा सन्जोक राईको पासमा हम्जातको हेडरले पोस्टको दिशा लिन सकेन ।

हम्जातले लगातार गोल गर्ने अवसर चुकाएपछि प्रशिक्षक मेघराज केसीले उनको स्थानमा सुसान श्रेष्ठलाई मैदान छिराएका थिए । ३८अौं मिनेटमा सुशील राईले पेनाल्टी बकस बाहिरबाट गरेको प्रहार सरस्वतीका गोलरक्षक प्रदिप भण्डारीले सहजै बचाए ।
४८अौं मिनेटमा लालरमावियाले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । पेनाल्टी बक्समा सुशील राईकाे प्रहार विफल भएपनि वर्षात गुरुङकाे ब्याक पासमा लालरमावियाले क्लोज रेन्जबाट गोल गर्न सफल भए । ५७अौं मिनेटमा अशोक खवासकाे क्रसमा सुशान श्रेष्ठकाे हेडर पासमा सन्जोक राईले गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर भयो ।

६०अौं मिनेटमा डिफेन्डर पुर्ण बहादुर श्रेष्ठको गल्तीमा सुशील राईको ब्याक पासमा सन्जोक राईले बक्स बाहिरबाट टर्न गर्दै गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको थियो । त्यसपछि फ्रिकिकमा आएको बललाई विनोद केसीले गरेको प्रहार थ्रीस्टारका गोलरक्षक प्रिसोले बचाए ।
७१अौं मिनेटमा सन्जाेक राईले गोल गर्दै ह्याट्रिक गरेपछि थ्रीस्टारले खेलमा ४-० को अग्रता बनायो । उनी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । अशोक खवासको लामो पासमा गोलरक्षक प्रदिप भण्डारी अघि बढेको अवस्थामा सन्जोकले गोल गर्न सफल भएका थिए।
यस जितसँगै थ्रीस्टार १० खेलमा १७ अंक जोड्दै चौथो स्थानमा छ । सरस्वती भने अंक तालिकाको पुछारमा ४ अंक जोडेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]