default_image

4 years ago

February 1, 2020

नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप अर्को महिना

58 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– मोसफलको सर्वाधिक पुरस्कार राशीको सुदुरपश्चिम खप्तड गोल्डकपको चौथो सस्करण अर्को महिना आयोजना हुने भएको छ । आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन ९ गते देखि २० गतेसम्म सञ्चालन हुने जानकारी गराइयो ।

चौधरी गुप्रको नेपाल आइसको मुख्य प्रायोजन हुने प्रतियोगिताका लागि सबै तयारी पुरा भएको क्लबका अध्यक्ष सुरेश हमालले बताए । विभिन्न उपसमिति पनि गठन भइसकेको जानकारी दिइो । यसपटकबाट नाम प्रतियोगिताको नाम नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप—२०७६ रहनेछ ।

क्लबका अध्यक्ष हमाल र सिजी ब्रुअरीका रिजनल सेल्स म्यानेजर मनोज घिमिरेले सम्झौता पत्रमा हस्ताक्ष गरे । प्रतियोगिताको माध्यमले सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितालाई सफलतापूर्व आयोजना गर्न सबैको सहयोग आवश्यक रहेकोमा अध्यक्ष हमालले जोड दिए ।

‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने प्रतियोगिताको नारा रहेको छ । दुई विदेशी सहित १२ टिम सहभागी हुने प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया प्राप्त गर्नेछ । दोस्रो टोलीले १० लाख १ रुपैँया पाउने क्लबका महासचिव प्रकाश शाहीले बताए ।

धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीले समान १५ हजार पाउनेछन । हरेक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । झन्डै १ करोड रुपैयाँ खर्च हुने प्रतियोगिताको खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीले गर्नेछ ।

प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको बताइएको छ । त्यस्तै ग्लोबल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप सगरमाथा सिमेन्टले प्रतियोगितामा सहयोग गरेका छन् । त्यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ रहेको जनाइएको छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.