default_image

4 years ago

February 2, 2020

आहा रारा गोल्ड कप फागुनमा

काठमाडौं (हाम्रो खेलकुद) –   आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १८ औं संस्करण फागुनमा हुने भएको छ ।आयोजक सहारा क्लब पोखराले आ रारा गोल्ड कप फागुन २२ गते देखी चैत्र १ गते सम्म हुने जनाएको छ ।  प्रातियोगिताबाट झन्डै  १ करोड २० लाख  रुपैयाँ आम्दानी हुने र झन्डै १ करोड रुपैयाँ खर्च हुने अनुमान […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –   आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १८ औं संस्करण फागुनमा हुने भएको छ ।आयोजक सहारा क्लब पोखराले आ रारा गोल्ड कप फागुन २२ गते देखी चैत्र १ गते सम्म हुने जनाएको छ । 

प्रातियोगिताबाट झन्डै  १ करोड २० लाख  रुपैयाँ आम्दानी हुने र झन्डै १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । हाल तेश्रो व्याचको एकेडेमीमा १५ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।  प्रतियोगितामा विदेशीहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा गरि १० टिमबीच प्रतिस्पर्धा हुने छ ।

​“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि.स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापति यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यावाचीको रुपमा लिने गरिन्छ ।

प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा  हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले रहने छ । दोश्रो पुरस्कार प्रायोजक हिमा–अस एजुकेशन कनसेल्टेन्सी, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक कम्पनी प्रा.लि. र सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटरले गर्ने बताइएको छ ।

अफिसियल स्पोर्ट वयर पार्टनर एक्स टेप, अफिसियल बैंक लुम्बिनी विकास बैंक, फेयर प्ले पुरस्कार प्रायोजक रोयल इन्फिल्ड बुलेट बाईक, सर्वाधिक गोलकर्ता पुरस्कार सनराईज ड्राईभिङ्ग स्कुल प्रा. लि. र अफिसियल ड्रिङ्ग वाटर ईको पानी रहने छ । अफिसियल एयरलाईन्स बुद्ध एयर र अफिसियल हस्पिटल गण्डकी मेडिकल कलेज (जिएमसी), हुने छन् ।

 

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

Success

Thank you for your time.