default_image

4 years ago

February 5, 2020

हालान्डको निरन्तर गोल, डर्टमन्ड पराजित

19 views

0 Bookmark

एजेन्सी – नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएपनि बोरुसिया डर्टमन्डले डिएफबी पोकलको प्रि–क्वाटरफाइनलमा पराजित भएको छ ।  डर्टमन्ड घरेलु टोली वेर्डर ब्रेमेनसँग ३–२ ले पराजित भएको हो ।

 

ब्रेमेनका डाभी सेल्की, लियोनार्दाे बिट्टेनकोर्ट र मिलोन रासिकाले गोल गरे । डर्टमन्डका एर्लिङ ब्राउट हालान्ड र जियोभानी रेनाले गोल गरेपनि हार टार्न सकेन । खेलको १६औं मिनेटमा डाभी सेल्कीको गोलबाट ब्रेमेन खेलमा अघि बढेको थियो । ३०औं मिनेटमा लियोनार्दाे बिट्टेनकोर्टले गोल गर्दै अग्रता दोब्बर पारे ।

६७औं मिनेटमा एर्लिङ ब्राउट हालान्डले गोल गर्दै डर्टमन्डलाई खेलमा २–१ को अवस्थामा ल्याएका थिए । हालान्ड ४६औं मिनेटमा थोर्गन हाजार्डको स्थानमा मैदानमा प्रवेश गरेका थिए । यसै विन्टरमा रेडबुल साल्जवर्गबाट डर्टमन्ड पुगेका हालान्डले ३ खेलमा ७ गोल गरिसकेका छन् ।

७०औं मिनेटमा युया ओसाकोको पासमा मिलोटले गोल गरेपछि घरेलु टोली ब्रेमेनले खेलमा ३–१ को अग्रता दिलाए । ७८औं मिनेटमा जियोभानीले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमन्ड ब्रेमेनसँग ३–२ ले पराजित हुन पुग्यो ।

अर्काे खेलमा साल्केले हर्था बर्लिनलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

Success

Thank you for your time.