default_image

4 years ago

February 6, 2020

एपिएफलाई हराउँदै आर्मी पुनः शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब अर्को जित निकाल्दै पुनः कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई बिहीबार २–१ ले हराउँदै आर्मी पुनः शीर्षस्थानमा फर्केको हो ।   आजै भएको पहिलो खेलमा रेलिगेसन दबाबमा रहेको सरस्वती युथ क्लबलाई ६–१ ले हराउँदै मछिन्द्र केहि समयका लागि […]

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब अर्को जित निकाल्दै पुनः कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई बिहीबार २–१ ले हराउँदै आर्मी पुनः शीर्षस्थानमा फर्केको हो ।

 

आजै भएको पहिलो खेलमा रेलिगेसन दबाबमा रहेको सरस्वती युथ क्लबलाई ६–१ ले हराउँदै मछिन्द्र केहि समयका लागि शीर्षस्थानमा उक्लेको थियो । अन्तिम २ चरणका खेल बाँकी रहँदा आर्मी र मछिन्द्रबीच एक अंकको अन्तर रहेको छ ।

१२ औं चरणको खेलमा पनि दुवै टोलीले सफलता हसिल गरेको खण्डमा यी दुई टोलीबीचको अन्तिम खेलले लिग उपाधिको छिनोफाने गर्ने छ । आर्मीको २६ र मछिन्द्रको २५ अंक छ । एक खेल कम खेलेको तेस्रो स्थानको नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबको १९ अंक छ ।

सातदोबाटोस्थिन एन्फा कम्प्लेक्स पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँदै आर्मीले जित हासिल गरेको हो । आर्मीको जितमा फेरि एकपटक मिडफिल्डर सन्तोष तामाङ नायक बने । सन्तोषले १७ औं मिनेटमा गोल गर्दै आर्मीलाई अघि बढाएका थिए ।

सन्तोषले पेनाल्टी रिवाउन्डमा गोल गरेका थिए । कप्तान भरत खवासलाई रमेश दंगालले पेनाल्टी बक्समा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । सन्तोषले गरेको पेनाल्टी प्रहारलाई एपिएफका गोलरक्षक राजु योगीले रोके पनि रिवाउन्डमा गोल गर्न सफल भएका थिए।

तर, ३७ औं मिनेटमा आशिष लामाको गोलबाट एपिएफले खेलमा बराबरी गरेको थियो । आकाश बुढामगरको कर्नरमा आशिषले हेडमार्फत गोल गर्न सफल भएका थिए । सन्तोषले ४२ औं मिनेटमा फ्रिकिकमार्फत दशर्निय गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

गोलरक्षक राजु पेनाल्टी बक्सबाहिर ह्यान्ड गरेपछि आर्मीले फ्रिकिक पाएको थियो । जसलाई सन्तोषले सदुपयोग गरे । त्यहि अग्रतालाई जोगाउँदै आर्मीले महत्वपूर्ण जित हासिल गरेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.