default_image

6 years ago

February 7, 2020

सावित्रा सम्मिलित गोकुलम समूहमा अपराजित

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकूद) – राष्ट्रिय टोली तथा नेपाल एपिएफ क्लब स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित गोकुलम केराला एफसी समूहमा अपराजित रहेको छ ।

यस अधिक नै सेमिफाइलमा पुगिसकेको गोकुलम समूह विजेता बनेको छ। बैंगलोर रंगशालामा  शुक्रबार भएको खेलमा गोकुलमले विदेश ११ एससीलाई ५–० ले हराएको छ ।

आजको जितमा पनि सावित्राले १ गोल गरिन्। उनले खेलको ६३ औं मिनेटमा गोल गरिन्। उमापती देवीले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाइन्। त्यसको एक मिनेटमा नै कमलाले अग्रता दोब्बर पारिन्। सचिन्डाले ५७ र करिस्माले ८६ औं मिनेटमा गोल गर्दै जित अन्तर फराकिलो पारे।

सावित्राले समूह चरणका सबै खेलमा गोल गरेकी छन् । २ खेलमा समान ५ गोल गरेकी उनले ३ खेलमा समान १ गोल गरेकी छन् । छनोटमा समेत ३ गोल गरेकी सावित्रा १६ गोल सहित उच्च गोलकर्ताको शीर्ष स्थानमा छिन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.