default_image

4 years ago

February 8, 2020

मनाङ र एनआरटीबीचको खेल स्थगित

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) बीच शनिबार दिउँसो ३ः०० बजेका लागि तय खेल प्राविधिक कारण स्थिगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको थियो ।

आजको खेल हलचोकस्थित एपिएफको मैदानमा तय थियो । तर, अन्तिम समयमा आएर एन्फाले स्थगित गरिएको जानकारी गराएको छ । आजको लागि तय खेल भोली एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार १ः०० बजे हुने एन्फाले जनाएको छ ।

आज तीन खेल तय थियो । त्यसमध्ये सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा यति हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई ३–२ ले हराएको छ । एन्फामा अर्को खेल प्रभु बैंक जावलाखेल युथ क्लब र एनआइबिएल फ्रेन्ड्स क्लबबीच हुनेछ । १५ अंक जोडेको जावलाखेल सातौं र फ्रेन्ड्स नवौं स्थानमा छ । फ्रेन्ड्सको १४ अंक छ ।

लिगमा दोस्रो जित हासिल गर्दै हिमालयन शेर्पा ११ औं स्थानमा उक्लेको छ । शेर्पाले ११ खेलमा ४ खेलमा बराबरी र ५ खेलमा हार बेहोरेको थियो । १० खेलमा मनाङको १९ अंक छ र टोली चौथो स्थानमा छ । एनआरटी भने १५ अंक सहित आठौं स्थानमा छ ।

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

Success

Thank you for your time.