default_image

6 years ago

February 10, 2020

एपिएफको जितमा सरस्वतीको रेलिगेसन खतरा बढ्यो !

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ महेन्द्रा फुटबल टिमले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसन खतरालाई कम गराएको छ । एनआइबिएल फ्रेन्ड्स क्लबलाई सोमबार ५–२ ले हराउँदै एपिएफले रेलिगेसनलाई टार्ने सम्भावना बलियो बनाएको छ । यद्दपी त्यसका लागि टोलीले अन्य खेलको नतिजा भने कुर्नुपर्ने हुन्छ ।

 

अन्तिम चरणको खेल बाँकी रहँदा एपिएफको ८ अंक पुगेको छ । लिगमा दोस्रो जित हासिल गरेको एपिएफले २ खेलमा बराबरी र ८ खेलमा हार बेहोरेको छ । यद्दपी टोली १३ औं स्थानमा यथावत छ । १२ औं स्थानमा रहेको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को पनि ८ अंक नै छ ।

पुछारमा रहेको सरस्वती युथ क्लबको ४ अंक छ । सरस्वतीले आजै च्यासल युथ क्लबको सामना गर्दैछ । च्यासलसँगको खेल गुमएको खण्डमा सरस्वती अन्तिम खेल अघिनै रेलिगेसनमा पर्नेछ । बिबिसीले भने मंगलबार शीर्षस्थानको आर्मीको सामना गर्नेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितका लागि आशिष लामा र प्रविणकुमार स्याङ्तानले समान २ र कप्तान टोपबहादुर विष्टले १ गोल गरे । फ्रेन्ड्सका लागि दोस्रो हाफमा फिलिपे डिसोजा र विश्व अधिकारीले गोल फर्काए ।

आशिषले १२ औं मिनेटमा गोलको खाता खोले भने उनले नै ४० औं मिनेटमा अर्को गोल गरे । फ्रेन्ड्सका लागि फिलिपेले ६९ औंमा गोल फर्काउँदै अन्तर घटाए । ७१ औ. मिनेटमा एपिएफका लागि प्रविणले गोल गर्दै पुनः गोल अन्तर बढाए ।

त्यसको ५ मिनेट पछि विश्वले फ्रेन्ड्सका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर इन्ज्युरी समयको चौथो र पाँचौं मिनेटमा एपिएफले गोल गर्दै जित निश्चत गर्यो । इन्ज्युरी समयको चौथो मिनेटमा टोपबहादुर र पाँचौं मिनेटमा प्रविणले गोल गरेका थिए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.