6 years ago
February 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– सानमिगेल मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभजिन लिगमा सोमबार जारी खेलमा संकटा क्लबविरुद्धको पहिलो हाफमा १–० को अग्रता लिएको छ ।

पहिलो हाफका लागि १ मिनेट बाँकी रहँदा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् । रञ्जित धिमालको कर्नरमा देवेन्द्रले हेडमार्फत गोल गरेका थिए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा २६ औं मिनेटमा अर्नेस्ट टम्पीले विपक्षीको प्रहारलाई क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा पुग्दा संकटाका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट डाइभ दिदै बचाए । लगत्तै प्राप्त कर्नरमा एडिलाजा सोमिडेको हेडर पोस्टबाट थोरै बाहिरदा मछिन्द्र अग्रता लिनबाट चुक्यो । ४० औं मिनेटमा दीपक राईको बक्स बाहिरको प्रहार गोलरक्षक विनय श्रेष्ठले सहजै बचाए ।
शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग उपाधि होडलाई कायम राख्नका लागि पनि आजको खेल मछिन्द्रका लागि महत्वपूर्ण रहेको छ । १२ औं चरणको खेलमा आर्मीले मंगलबार ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ ।
मछिन्द्र र आर्मीले आ आफ्नो खेलमा सफलता हासिल गरेको खण्डमा शनिबार हुने अन्तिम खेल उपाधि छिनोफानोका लागि निर्णायक हुनेछ । ११ चरणको समाप्तीमा यी दुई टोलीबीच १ अंकको फरक रहेको छ । आजको खेलमा मछिन्द्र विजयी भएका कम्तीमा एक दिनका लागि अंक तालिकाको शीर्षस्थानमा उक्लनेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]