9 years ago
July 13, 2016
२९ असार, काठमाडौं । काठमाडौं नयाँबजारको गीताञ्जली कलेजले केहि नेपाली राष्ट्रिय टोलीका खेलाडीसहित १८ फुटबलरलाई पूर्ण छात्रबृति प्रदान गरेको छ ।
राष्ट्रिय टोलीका खेलाडीहरु अञ्जन विष्ट, एलन न्यौपाने, प्रकाश बुढाथोकी, मानबहादुर तामाङ लगायतका खेलाडीहरुले गीतान्ञ्जली कलेजबाट पुर्ण छात्रबृतिमा कक्षा ११ र १२ अध्ययन गर्नेछन् । यस्तै अन्डर १६का रेजिन सुब्बा, राजिभ लोप्चन, असिम भुसाल, सेसेहांग अंग्देम्बे, लगायतले पनि पूर्ण छात्रवृत्ति पाएका छन्।
कलेजले कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई पनि सम्मानित गरेको थियो । राष्ट्रिय टोलीका उपकप्तानद्वय बिराज महर्जन र रोहित चन्दपनि सो कार्यक्रममा उपस्थित थिए । क्याम्पस प्रमुख कोइराला, राखेप उपाध्यक्ष तथा ओलम्पिक कमिटीका महासचिव लामाटेण्डी शेर्पा लगायतले खेलाडीहरुलाई सम्मान गरेका थिए । राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदिश प्रधानलाई पनि सोहि कार्यक्रममा सम्मान गरिएको थियो।
साथै कार्यक्रममा गीताञ्जली कलेजमा १२ कक्षामा अध्ययनरत राष्ट्रिय आर्चरी खेलाडी सुनिता मोक्तानलाई पनि पूर्ण छात्रबृतिको घोषणा गरिएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]