default_image

6 years ago

February 11, 2020

आर्मीको जित, उपाधिको छिनोफानो अन्तिम खेलमा

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधिको रोमाञ्चकता अन्तिम खेल सम्म पनि रहने भएको छ । ब्रिगेड ब्वाइज क्लबलाई मंगलबार ३–० ले हराउँदै त्रिभुवन आर्मी क्लब पुनः शीर्षस्थानका उक्लेपछि यसपटकको लिगको छिनोफानो शनिबारको खेलबाट मात्र हुनेछ ।

शनिबार शीर्ष दुई टोली आर्मी र सानमिगेल मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यहि खेलले लिगको विजेता टुंगो लाग्नेछ । उपाधि जित्नका लागि त्यो खेलमा आर्मीले बराबरी गरे मात्र पनि पुग्ने छ भने मछिन्द्रले जित्नै पर्ने हुन्छ । १२ खेलको समाप्तीमा आर्मीको २९ अंक पुगेको छ भने दोस्रो स्थानमा झरेको मछिन्द्रको २८ अंक छ ।

१२ खेलमा समान ९ जित, २ बराबर र १ हार भएपनि मछिन्द्र १ अंकले पछाडि छ । गत वर्ष लिगमा अंकतालिकाको पुछारबाट दोस्रोमा रहेका कारण मछिन्द्रको यो वर्ष एक अंक घटाइएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार कप्तान भरत खवासको कीर्तिमानी गोलमा अग्रता लिएको आर्मीका लागि दोस्रो हाफमा विकास तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरेका थिए ।

पाँचौं मिनेटमा भरतको गोलबाट आर्मीले अग्रता लिएको थियो । जर्ज प्रिन्स कार्कीको क्रसमा भरतले हेडमार्फत गोल गरेका थिए । लिगमा त्यो उनको कीर्तिमानी ५० औं गोल हो । विकासले ५४ औं मिनेटमा गोलअन्तरलाई दोब्बर पारेका थिए । सन्तोष तामाङको पासमा विकासले पेनाल्टी बक्सबाट हेडमार्फत गोल गरेका थिए । टेकले ७० औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को तेस्रो ब्याचका भरतले यसअघि नेपाल पुलिस क्लबबाट पनि लिग खेलेका थिए । १० वर्ष भन्दा लामो लिग अनुभवमा उनी ५० गोल पुरा गर्ने थोरै खेलाडी मध्ये परेका छन् । लिगमा ५० गोल गर्ने उनी सातौं खेलाडी बनेका छन् । यसअघि बसन्त थापा, रमेश बुढाथोकी, जिवेश पाण्डे, सुरेन्द्र तामाङ, गणेश लावती र सन्तोष साहुखलले ५० गोल पुरा गरेका थिए ।

सन्तोषले भने यहि लिगका दौरान लिगको एक सय गोल पुरा गर्ने पहिलो खेलाडीको कीर्तिमान राखेका थिए । भरतको कप्तानीमा आर्मीले लिगमा उच्च प्रदर्शन गरिरहेको छ । राष्ट्रिय टोलीको समेत कप्तानी गरिरहेका भरतले यो सिजनमा पनि एकरुपको प्रदर्शन गरिरहेका छन् ।
बिबिसी ८ अंकसहित १२ औं स्थानमा छ । एपिएफ पनि समान अंकका साथ १३ औं स्थानमा छ भने ४ अंक जोडेको सरस्वती सोमबार नै बी डिभिजनमा घटुवा भइसकेको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.