default_image

6 years ago

February 11, 2020

‘यहि अट्किदैन, कीर्तिमान तोड्ने कोशिस गर्नेछु ‘– भरत

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले अबको लक्ष्य सन्तोष साहखुलको कीर्तिमान तोड्नु रहेको बताएका छन् । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्ध ३–० को जितमा पहिलो गोल गर्दै सहिद स्मारक ए डिभिजन लिगमा ५० गोल पुरा गरेका भरतले आफ्नो लक्ष्य यसरी सुनाएका छन् ।

च्यासल युथ क्लबका कप्तान सन्तोषले यहि लिगका दौरान १ सय गोल पुरा गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । ‘अब यहि अड्किदैन । सन्तोष दाईको कीर्तिमान तोड्न सजिलो छैन ,’ भरतको दृढता छ,’जति बेला सम्म खेल्छु त्यति बेला सम्म कीर्तिमान तोड्ने कोशिस गर्नेछु ।’

५० गोलको कोसेढुंगा उनले श्रीमती र छोरीलाई समर्पित गरे । ‘मेरो हरेक खेलमा उनीहरु आउँछन् । कारणबश आज आउन सकेनन्,’ उनले भने, ‘उनीहरु भएको भए अझै खुसी लाग्थ्यो । तर पनि मेरो यो खुसी दुवैलाई समर्पित गर्छु ।’ राष्ट्रिय टोलीका सदस्य समेत रहेका भरतले यो खुसीको क्षणमा आफ्ना समर्थक, क्लब, व्यवस्थापन, पूर्व क्लबलगायत सबैलाई हृदयबाट धन्यवाद दिए ।

घरेलु फुटबलमा आर्मी उनको चौथो क्लबको हो । यसअघि उनले एनआईबिएल फ्रेन्ड्स क्लब, संकटा र नेपाल पुलिस क्लबबाट पनि खेलेका थिए । मैले जति पनि क्लबबाट खेले सबैबाट गोल गरे । ‘त्यसैले यति बेला म सबैलाई सम्झन चाहन्छु,’ उनले थपे, ‘यहाँ सम्मको यात्रा सहज त थिएन । जहाँबाट खेल्दा पनि मलाई साथ रह्यो । सबैलाई आज यहिबाट धन्यवाद दिन चाहन्छु । मैले सुरुमा ५० गोल गर्छु भन्ने केहि सोचेको थिइन् । आज यो सफलता मिल्दा एकदम सुखी छु ।’

यहि सिजन च्यासल युथ क्लब र प्रभु बैंक जावलाखेल युथ क्लबविरुद्धको गोल आफैलाई उत्कृष्ट लागेको भरतले बताए । उनले यसपटक लिगको खेललाई फाइनल सरह भएको सुनाउँदै च्याम्पियन बन्न कोशिस गर्ने बताएका छन् ।

‘यो लिग जित्ने लक्ष्य बनाएका छौं । फाइनल जस्तै हुन पुगेको छौं । यहाँ सम्म आउन गाह्रो भयो,’ उनले भने, ‘हाम्रो टिमको व्यवस्थान, कोचिङ स्टाफलगायत सबको साथ छ । सबैको मनमा लिग जित्ने छ । आर्मीले अहिले सम्म जितेको छैन । इतिहास बनाउने मौका र चुनौति दुवै छ । हामीले सबैले शतप्रतिशत मैदान र बाहिर दिएका छौं । टोलीलाई पनि सबैलाई अहिले नै शुभकामना दिन चाहन्छु ।’

आर्मी क्लब पुनः शीर्षस्थानका उक्लेपछि यसपटकको लिगको छिनोफानो शनिबारको खेलबाट मात्र हुनेछ । शनिबार शीर्ष दुई टोली आर्मी र सानमिगेल मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यहि खेलले लिगको विजेता टुंगो लाग्नेछ । उपाधि जित्नका लागि त्यो खेलमा आर्मीले बराबरी गरे मात्र पनि पुग्ने छ भने मछिन्द्रले जित्नै पर्ने हुन्छ ।

१२ खेलको समाप्तीमा आर्मीको २९ अंक पुगेको छ भने दोस्रो स्थानमा झरेको मछिन्द्रको २८ अंक छ । १२ खेलमा समान ९ जित, २ बराबर र १ हार भएपनि मछिन्द्र १ अंकले पछाडि छ । गत वर्ष लिगमा अंकतालिकाको पुछारबाट दोस्रोमा रहेका कारण मछिन्द्रको यो वर्ष एक अंक घटाइएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को तेस्रो ब्याचका भरतले यसअघि नेपाल पुलिस क्लबबाट पनि लिग खेलेका थिए । १० वर्ष भन्दा लामो लिग अनुभवमा उनी ५० गोल पुरा गर्ने थोरै खेलाडी मध्ये परेका छन् । लिगमा ५० गोल गर्ने उनी सातौं खेलाडी बनेका छन् । यसअघि बसन्त थापा, रमेश बुढाथोकी, जिवेश पाण्डे, सुरेन्द्र तामाङ, गणेश लावती र सन्तोष साहुखलले ५० गोल पुरा गरेका थिए ।

सन्तोषले भने यहि लिगका दौरान लिगको एक सय गोल पुरा गर्ने पहिलो खेलाडीको कीर्तिमान राखेका थिए । भरतको कप्तानीमा आर्मीले लिगमा उच्च प्रदर्शन गरिरहेको छ । राष्ट्रिय टोलीको समेत कप्तानी गरिरहेका भरतले यो सिजनमा पनि एकरुपको प्रदर्शन गरिरहेका छन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.