6 years ago
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब न्यूरोड टिम (एनआरटी) माथि जित हासिल गर्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । थ्री स्टारले एनआरटीलाई १–० ले हराएको थियो ।

परिवर्तित खेलाडी दिपेश घलेले खेलको अन्त्यतिर गरेको गोल नै निर्णायक बनेको थियो । मिक्छेन तामाङको पासमा दिपेशले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार रोक्न एनआरटीका गोलकिपर अजित प्रजापतिले कुनै मौका पाएनन् ।
१२ औं चरणको खेलमा सातौं जित निकाल्दै थ्री स्टार २३ अंकका साथ तेस्रो स्थानमा उक्लेको हो । उपाधि दौडबाट बाहिरिएको नेपाल आयल निगम मनाङ मस्याङ्दीको २२ अंक छ र टोली चौथो स्थानमा झरेको छ । बाँकी दुई खेलमा जित हिसिल गर्दा भने अब मनाङले उपाधि जित्ने छैन ।
थ्री स्टार यसअघि नै उपाधि दौडबाट बाहिरिएको थियो । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई आजै त्रिभुवन आर्मी क्लबले ३–० ले हराउँदै पुनः शीर्षस्थानमा उक्लेपछि मनाङको उपाधि सम्भावना समाप्त भएको हो ।
आर्मीको २९ अंक पुगेको छ भने दोस्रो स्थानको सानमिगेल मछिन्द्र क्लबको २८ अंक छ । आर्मी र मछिन्द्रबीच शनिबार हुने खेल उपाधिको छिनोफानो गर्नेछ । कम्तीमा लिग नयाँ च्याम्पियन पाउने निश्चित भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स्मा मंगलबारभ एको खेलको सुरुमै एनआरटीले अग्रताको मौका पाएको थियो । चौथो मिनेटमा जोर्डन ओओनाको प्रहारलाई थ्री स्टारका गोलरक्षक प्रिसोले डाइभिङ दिदै नियन्त्रणमा लिए ।
१८औैं मिनेटमासन्जोक राईको क्रस पासमा सुशील राईको हेडर पोस्टबाट थोरै बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । २५औं मिनेटमा अशोक खवासको शक्तिशाली प्रहार आकासियो । ३०औं मिनेटमा कप्तान विक्रम धिमालको फ्रिकिकमा राजेश परियारको फ्लिक टचलाई थ्री स्टारका गोलरक्षक प्रिसोले पञ्च गर्दै बचाए ।
३७औं मिनेटमा थ्रीटारको कप्तान विक्रम लामाको फ्रिकिमा लालरमावियाको हेडर बाहिरियो । ४१औं मिनेटमा एनआरटी कप्तान विक्रम धिमालको प्रहार दोस्रो बारबाट थोरै बाहिरियो । ५०औं मिनेटमा मिक्छेन तामाङको गोलरक्षक अजित प्रजापति अघि बढेको अवस्थामा गरेको फितलो प्रहार सनम लिम्बुले गोललाईनबाट बचाए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]