default_image

6 years ago

February 11, 2020

विमलले लिगको अन्तिम खेल खेल्ने !

244 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

निलम्बन फुकुवा लगत्तै फरवार्ड विमल घर्ती मगरलाई कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल खेल्दै गरेको देख्न पाइने सम्भावना बढेको छ । लिगको उपाधि दौडमा रहेको सानमिगेल मछिन्द्र क्लबले उनलाई आर्मीविरुद्ध शनिबार हुने अन्तिम खेलमा उतार्ने तयारी गरिरहेको छ ।

विमल मछिन्द्रबाट खेल्नका लागि भने माल्दिभ्सको क्लबबाट इन्टरनेसल ट्रान्सफर सर्टिफिकेट (आइटिसी) लिनुपर्ने हुन्छ । उनी पछिल्लो पटक माल्दिभ्सको टिसी स्पोर्टस क्लबमा आबद्ध छन् । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले विमल खेल्ने सम्भावना रहेको बताए ।

‘उसको निलम्बन फुकुवा हुँदैछ । त्यसैले उनलाई खेलाउनका लागि व्यवस्थापनले तयारी गरिरहेको छ,’ उनले भने,‘ विमलले खेल्दा टोली अझै बलियो हुनेछ ।’ केहि दिन देखि विमल टोलीसँग अभ्यास गरिरहेको उनले जानकारी दिए ।

मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठले पनि विमल शनिबार खेल्ने बताए । उनले भने ‘सबै प्रक्रिया पुरा गरेर हामी विमललाई खेलाउँदैछौं ।’ विमलले गत सिजन च्यासल युथ क्लबबाट खेलेका थिए ।

राष्ट्रिय टोलीका पूर्व सदस्य विमल घर्तीमगर र दीनेश राजवंशीको निलम्बन बिहीबार फुकुवा हुँदैछ । अनुशासन उल्लेखमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल र दीनेशलाई ९० दिन निलम्बन गरेको थियो ।

एउटै घटनामा नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लबका अन्जन विष्ट र त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङ भने ४५ दिनको निलम्बन फुकुवा भएर घरेलु लिगमा फर्केको डेढ महिना भइसकेको छ ।

दीनेश च्यासल युथ क्लबमा आबद्ध छन् । उनले थ्री स्टारविरुद्ध हुने खेल खेल्ने सम्भावना छ । यद्दपी त्यसका लागि उनले एन्फाबाट फुकुवा पत्र लिनुपर्नेछ हुन्छ । निलम्बन अवधि सकिए र जरिवाना तिरेपछि मात्र एन्फाले पत्र दिदै आएको छ । च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने,‘ उनले एन्फाबाट पत्र ल्याए भने खेलाउने सम्भावना रहन्छ ।’

पुनरागमन पनि अन्जन र सन्तोषले उच्च प्रदर्शन गरिरहेका छन् । सन्तोषले पुनरागमन गरेकै खेलमा रुस्लान थ्री स्टार क्लबको जितमा गोल गरेका थिए । अर्को तर्फ अन्जनले खाता खोल्नका लागि तेस्रो खेल सम्म कुर्नु परेपनि उनी लिगमा तीन पटक म्यान अफ दी म्याच घोषित भइसकेका छन् । निलम्बन अवधि फरक भएपनि जरिवाना भने चारै खेलाडीलाई एन्फाले ५० हजार रुपैयाँ तोकेको थियो ।

विश्वकप छनोट अन्तगर्त कुवेतविरुद्ध मंसिर ३ गते भुटानमा खेल्न जानु अघिल्लो रात डिस्कोमा बिताएका कारण एन्फाले उनीहरुमाथि कारवाही गरेको थियो । कात्तिक ३० गते भुटान जान विदाईका लागि एन्फाका पुगेका यी ४ जनालाई एन्फाले कारवाही गरेपछि उनीहरु घर फर्केका थिए ।

घटनाको झन्डै एक महिनापछि मंसिर २७ गतेबाट लागु हुने गरि कारवाही गरेको थियो । पछि चारै जानले कारवाही घटाउन मंसिर ३० गते अलग अलग अपिल कमिटीलाई निवेदन दिएका थिए । अपिल कमिटिले कारवाही अवधि नघटाई कात्तिक ३० गतेबाट लागु गर्ने निर्णय गरेको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.