default_image

4 years ago

February 12, 2020

बार्सिलोनाका डेम्वेले ६ महिना मैदान बाहिर !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा फ्रेन्च फरवार्ड औसमाने डेम्वेले ६ महिना मैदान बाहिर रहने पक्का भएको छ । बार्सिलोनाले मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै डेम्वेले ६ महिना मैदान बाहिर रहेने पक्का भएको बताएको छ । चोटसँगै डेम्वेलेले यो सिजनको बाँकी खेलका साथै युरोपियन च्याम्पियनसिप २०२० समेत गुमाउने भएको छ । डेम्वेलेले गत नोभेम्वरमा […]

23 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा फ्रेन्च फरवार्ड औसमाने डेम्वेले ६ महिना मैदान बाहिर रहने पक्का भएको छ । बार्सिलोनाले मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै डेम्वेले ६ महिना मैदान बाहिर रहेने पक्का भएको बताएको छ ।

चोटसँगै डेम्वेलेले यो सिजनको बाँकी खेलका साथै युरोपियन च्याम्पियनसिप २०२० समेत गुमाउने भएको छ । डेम्वेलेले गत नोभेम्वरमा दाया खुट्टामा ह्यामस्ट्रिङ चोट बोक्न पुगेका थिए । उनको मंगलबार नै फिनल्यान्डको टुर्कुमा खुट्टाको सफल शल्यक्रिया भएको थियो ।

बार्सिलोनाका पहिलो रोजाईका डेम्वेलेको डाक्टर लासी लेम्पाइनेनले सफल शल्यक्रिया गरेका थिए । उनी मैदानमा फर्कन कम्तीमा पनि ६ महिना बढी लाग्ने चिकित्सकले बताएका छन् । नोभेम्वर देखि नै ह्यामस्ट्रिङ इन्ज्युरी रहेका उनले लगातार रिकभरी प्रयास गरेपनि उनको शल्यक्रिया नै गर्नुपर्ने भएको हो । उनी एक साता अघि बार्सिलोनाको प्रशिक्षण छाड्दै शल्यक्रियाका लागि फिनल्यान्ड पुगेका थिए ।

१३५ मिलियन पाउन्डमा २०१७–१८ को सिजनमा बार्सिलोना पुगेका डेम्वेले लगातार चोटसँग जुधिरहेका छन् । उनले बार्सिलोनामा तीन सिजन बिताउदा ७४ म्याच खेल्दा १० खेलमा मात्रै पुरा समय मैदानमा बिताउदै १९ गोल र १७ असिस्ट दिएका छन् । डेम्वेलेले २०१७–१८ को सिजनमा २४ खेलमा ४ गोल र ९ असिस्ट दिएका छन् । अर्काे सिजन ४२ खेलमा १४ गोल र ९ असिस्ट तथा यो सिजन ९ खेलमा १ गोल गरेका छन् ।

चोटकै कारण लुइस सुआरेजलाई गुमाएको बार्सिलोनालाई डेम्वेलेको चोटले झने समस्या भएको छ । तर, आफ्ना मुख्य फरवार्डद्धय चोटका कारण मैदानबाट बाहिरिएपनि रोयल स्पेनिस फुटबल फेडेरेसनको नियम अनुसार समर र विन्टर सिजन सकिएपनि इर्मजेन्सी खेलाडी अनुबन्ध गर्न पाउने नियमका कारण स्पेनबाटै एक खेलाडी क्लबमा राख्न पाउने नियम छ । बार्सिलोनाले उक्त नियय प्रयोग गर्न सक्नेछ ।

बार्सिलोनाको अग्रपङ्तिमा अहिले कप्तान लियोनेल मेस्सीसँगै एन्टोयन ग्रिजमन र अन्सु फाती रहेका छन् । बार्सिलोनाले रियाल सोसिडाडका विलियन जोस, गेटाफेका एन्जल रोड्रिग्वेज, डिर्पोटिभो अलाभेसका लुकास पेरेज र रियल बेटिसका लोरेन मोरोनमध्ये एकलाई अनुबन्ध गर्न सक्ने सम्भावना छ ।

स्पेनिस ला लिगामा बार्सिलोना ४९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रियाल म्याड्रिड ५२ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.