default_image

6 years ago

February 12, 2020

जावलखेल र हिमालयन शेर्पाले अंक बाढे

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रभु बैंक जावलाखेल युथ क्लब र यति हिमालयन शेर्पाले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बुधबार बराबरी खेलेका छन् । दुवै टोलीले १० खेलाडीमा सिमित रहँदै अन्त्य गरेको खेल ३–३ को बराबरीमा टुंगिएको थियो ।

शेर्पाका लागि स्टेफन समिन डेबेनीले २ र विजय श्रेष्ठले एक गोल गरे । जावलाखेलका लागि कुवेर विष्ट, फोडे फोफाना र रुपबहादुर लामाले गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको १२ औं चरणको अन्तिम खेलमा हिमालन शेर्पाले पहिलो हाफमा लिएको ३–१ को अग्रतार्लाइ जोगाउन नसक्दा अंक बाढ्नु परेको थियो ।

स्टेफनले पाँचौं मिनेटमा जावलाखेलका लागि गोल गरेका थिए । २६ औं मिनेटमा विजयले गोल गर्दै शेर्पाको अन्तरलाई दोब्बर पारे । स्टेफनकै पासमा विजयले गोल गरेका थिए । २–० ले शेर्पा अघि लागेको अवस्थामा जालाखेल १० खेलाडीमा सिमित भएको थियो ।

गोलकिपर अरुण ब्लोनले रातो कार्ड पाउँदै मैदान छाडेरका थिए । पेनाल्टी बक्स भन्दा बाहिर निस्केर बल ह्यान्ड गरेपछि उनलाई रातो कार्ड दिइएको थियो । पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा जावलाखेलले गोल फर्काएको थियो ।

कुवेरले फोडेको पासमा गोल गर्दै अन्तर घटाएका थिए । तर, त्यसको दुई मिनेट पछि स्टेफनले अर्को गोल गर्दै पुन शेर्पाको अन्तरलाई बढाए । ६० औं मिनेटमा फोडेले हेडमार्फत गोल गर्दै पुनः टोली खेलमा फर्काउने प्रयास गरे । ६८ औं मिनेटमा शेर्पा पनि १० खेलाडीमा सिमित भएको थियो ।

निरज बस्नेत दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । लगत्तै रुपबहादुरले फ्रिकिकमा गोल गर्दै खेललाई ३–३ को बराबरीमा पु¥याएका थिए । बराबरीपछि १९ अंकका साथ जावलाखेल पाँचौं स्थानमा छ । ११ औं स्थानमा रहेको शेर्पाको ११ अंक पुगेको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.