default_image

9 years ago

July 17, 2016

जगजित अष्ट्रेलियन क्लबमा अनुबन्धित

134 views

0 Bookmark

राष्ट्रिय टोलिका मिड्फिल्डर जगजित श्रेष्ठ अष्ट्रेलियाको फुटबल क्लबसगं आवद्ध भएका छन्।jagjit hum united

गत महिनामात्र अष्ट्रिलिया पुगेका श्रेष्ठले स्टेट २ लिगको ह्युम युनाइटेड एफ.सी. बाट फुटबल खेल्नेछन्। फेसबुक मार्फत उनले यो अवसर सिर्जना गरिदिने यती फुटबल क्लब लगायत अष्ट्रेलियामा रहेका नेपाली समाजलाई धन्यवाद दिए।

जगजितले जारी सिजनमा मासिक १५०० अष्ट्रेलियन डलरलिनेछन् भने आगामी सिजन यसलाई थप गरिन सक्ने प्रावधान पनि रहेको छ।

जगजित राष्ट्रिय टोलीको क्याम्प हुँदाहुँदै अष्ट्रेलिया लागेका थिए।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.