default_image

5 years ago

February 19, 2020

ब्वाइज युनियन र श्रीकुमारीबीच ‘बी’ को उद्घाटन खेल

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक बी डिभिजन लिगको उद्घाटन खेलमा ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लबबीच हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बी लिग शुक्रबार सुरु हुँदैछ । १२ टोलीको सहभागितामा हुने लिगमा ६६ खेल हुनेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो दिनको दोस्रो खेलमा श्री भगवती क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

बी लिगको विजेताले १५ लाख रुपैयाँ प्राप्त गरेका छन् । एन्फाले सहभागी क्लबलाई तयारी वापत १० लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेलाई १० तथा तेस्रो र चौथोका लागि समान ५ लाख रुपैयाँ दिने बताइएको छ ।

 

सहभागी क्लब

१) ब्वाइज युनियन क्लब

२) श्री भगवती क्लब

३) टुसाल क्लब

४) खुमलटार युथ क्लब

५) नयाँबस्ती युवा क्लब

६) झम्सिखेल युथ क्लब

७) रानीपोखरी कर्नर टिम

८) सातदोबाटो युथ क्लब

९) मध्यपुर युथ एसोसिएसन

१०) पुल्चोक स्पोर्टस क्लब

११) बाँसबारी क्लब

१२) श्रीकुमारी क्लब

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

December 15, 2024

रियल म्याड्रिड रोकियो

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ ।‌ बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

Success

Thank you for your time.