5 years ago
February 21, 2020
धनगढी (हाम्रो खेलकुद) – गोलरक्षक निगम सिंह नायक बन्दा भारतको कञ्चनजंघा फुटबल क्लब धनगढीमा शुक्रबारबाट शुरु भएको चौथो नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा बाग्मती युवा क्लब सिराहालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै कञ्चनजंघा अन्तिम आठमा पुग्न सफल भएको हो ।
कञ्चनजंघाले अधिकांश समय बल पोजेसन राखेपनि बाग्मतीको रक्षापङ्ति तोड्न नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
कञ्चनजंघालाई जिताउन गोलरक्षक निगम सिंह नायक बने । उनले बाग्मतीका विपिन तुमसिङ मगर र अनिल मगरको प्रहारलाई रोकेका थिए । निगम सिंह खेलको म्यान अफ द म्याच भए । उनले नगद १० हजारसहित ट्रफी पाए । अब कञ्चनजंघाले क्वाटरफाइनलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबसँग खेल्नेछ ।
सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिता फागुन २० गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिता अन्तर्गत शनिवार सशस्त्र प्रहरी बल (एपिएफ) र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ ।
यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]
December 15, 2024
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ । बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]